मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सुपरहिट बलिउड फिल्म सिरिज ‘हाउसफूल ५’ मा अभिषेक बच्चनको इन्ट्री

काठमाडौँ– बलिउड अभिनेता अभिषेक बच्चन ‘हाउसफूल ५’ मा अभिनय गर्ने भएका छन् । भारतीय मिडियाहरूले उनले ‘हाउसफूल’ सिरिजको पाँचौँ भागमा अभिनय गर्ने उल्लेख गरेका छन् ।

अक्षय कुमारले समेत अभिनय गर्ने यो फिल्मको केही समयदेखि निकै चर्चा थियो । हालै अर्को खुलासा बाहिर आएको छ कि, यो फिल्ममा अभिषेक बच्चनको समेत अभिनय रहनेछ ।

यसअघि ‘हाउसफूल ३’ मा पनि अभिषेक बच्चनको अभिनय रहेको थियो ।

फिल्मका निर्माता साजिद नाडियाडवालाले आफ्नो खुसी साट्दै भने, ‘हाउसफूलमा अभिषेकलाई ल्याउन पाउँदा म खुसी छु, उहाँको समर्पण, समयप्रतिको बफादार, इमान्दारिताले हाम्रो फिल्मलाई माथि पुर्‍याउने छ ।’

अभिषेक बच्चनले हाउसफूल आफ्नो रुचिको कमेडी फिल्म रहेको र यो फिल्ममा काम गर्न उत्सुक रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

‘फिल्ममा फर्केर आउँदा मेरै घरमा आएको अनुभव भइरहेको छ, साजिद नाडियाडवालासँग काम गर्न पाउनु धेरै खुसीको कुरा हो,’ उनले भारतीय मिडियासँग भनेका छन्, ‘मेरा कलाकार साथी अक्षय कुमार र रितेशसँग जमेर मस्ती गर्न उत्सुक छु, मेरा प्रीय मित्र तरुण मनसुखानीसँग फेरि सहकार्य गर्न एकदम उत्साहित छु, म साथीहरुसँग फेरी काम गर्न उत्सुक छु, यो एकदम राम्रो हुने वाला छ ।’

यो फिल्म सन् २०२५ जुन ६ देखि प्रदर्शनमा आउने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?