मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गायिका मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक सर्जरी

काठमाडौँ – गायिका मेनुका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको छ । हालै तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा. पूर्णिमा राजकर्णिकार लगायतको समूहले कृत्रिम आँखा राखेको हो । ‘कस्मेटिक प्रोथेस्टिक’ राखिएपनि मेनुकाको दृष्टि भने फिर्ता नआउने भएको छ ।

कस्मेटिक प्रोथेस्टिक सर्जरीले बाहिरबाट हेर्दा आँखा राम्रो देखिने र चश्मा लगाउन नपर्ने मात्र हुने तर दृष्टी भने नफर्किने चिकित्सकहरुले बताएका छन् ।

अहिलेसम्म बनेको प्रविधिले मेनुकाको आँखामा दृष्टि फिर्ता ल्याउन नसक्ने तिलगंगाका चिकित्सक डा। सन्दुक रुइतले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?