मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिप सिकेर स्वदेशमै काम गर्छु भन्ने सोच बनाउनुहोला : उपप्रमुख डंगोल

काठमाडौँ – सिप सिकेर स्वदेशमा काम गर्छु । नेपालमा रोजगार र स्वरोजगारका धेरै सम्भावना छन् भन्ने सोच विकास गर्न काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, प्रशिक्षार्थीहरुलाई आग्रह गरेकी छन् ।

सिप मेलामा चलेका कक्षाहरुको निरीक्षण गर्ने क्रममा आज उनले प्रशिक्षार्थीहरुसँग अपेक्षासहितको आग्रह गरेकी हुन् । उनले आज बिहान ८ बजे सुरु भएका कक्षा, तालिम सञ्चालन हुने ठाउँ र तालिम व्यवस्थापनको निरीक्षण गरेकी थिइन् ।

त्यस क्रममा उनलाई सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा, रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि कार्यक्रमका फोकल पर्सन शान्ता पहाडी, रोजगार संयोजकहरु देवेन्द्र के. सी, अजय पौडेलले तालिमसँग सम्बन्धित व्यवस्थापकीय पक्षमा जानकारी गराएका थिए ।

त्यस क्रममा प्रशिक्षार्थीहरुसँग अन्तरक्रिया गर्दै उपप्रमुखले उनीहरुका अपेक्षाका बारेमा जानकारी लिएकी थिइन् । प्रशिक्षार्थीहरुले सिप विकासका विशिष्ट कक्षाहरुको अवसरको अपेक्षा राखेका थिए ।

सिप मेलामा १० विधाका ३० वटा पेशासँग सम्बन्धित तालिम चलिरहेका छन् । २९ वटा पेशा राखिएकोमा मोवाइल रिपेयरिङ्को अत्याधिक माग आएपछि यो पेशा थप गरिएको हो । यस्तै टेलरिङ् ‘ ड्रेस मेकिङ ‘ संख्या धेरै भएपछि कक्षा थप गरिएको छ ।

तालिमहरु ७ दिन, १५ दिन र ३० दिन समयावधिका छन् । रोजगार संयोजक देवेन्द्र के। सी। भन्नुहुन्छ, ‘प्रशिक्षक र प्रशिक्षार्थी दुवैलाई समयको पालनामा ध्यान दिन लगाइएको छ । एकै समयमा कक्षा सुरु हुने र एउटै समयमा सकिने भएकोले कसैबाट कसैलाई डिस्टर्व छैन ।’

१० वटा विधामध्ये अटो मोवाइल्समा ३ वटा पेशासँग सम्बन्धित तालिम छन् । पहिलो पेशा अटो इलेक्ट्रिक हो । यो १५ दिन अवधिको हो । दोस्रो अटो एअर कन्डिसन हो । यो पनि १५ दिनकै हो । तेस्रो इलेक्ट्रिकल कार रिपेयर ‘इभी’ हो । यसमा ३० दिनको कक्षा हुनेछ ।

निर्माण विधा ‘दोस्रो’ मा डकर्मी ‘म्यासन’, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् गरी ४ वटा पेशासँग सम्बन्धित तालिम छन् । यी सबै तालिम ३० दिन अवधिका हुन् । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधा ‘तेस्रो’ मा वारिस्ता, फास्ट फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर÷वेट्रेस तालिम छन् । यीमध्ये फास्ट फुड कुक १५ दिनको हो । अरु ७ दिन अवधिका हुन् ।

सूचना प्रविधि ‘इन्फरमेसन एण्ड टेक्नोलोजी’ विधा ‘चौथो’ मा ४ वटा पेशाका तालिम छन् । डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा र मोवाइल रिपेयरिङ्का कक्षा चलिरहेका छन् । यीमध्ये सीसीटिभीको कक्षा ७ दिन अवधि र अन्य पेशाका कक्षा १५ दिन चल्नेछन् ।

मेकानिकल विधा ‘पाँचौँ’ मा २ वटा पेशा छन् । वेल्डिङ् पेशाको १५ दिन र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको ३० दिन तालिम हुनेछ । आर्ट एण्ड कल्चर विधा ‘छैटौँ’ मा आर्ट एण्ड स्कप्चरको तालिम चलेको छ । यसको अवधि १५ दिनको हुनेछ ।

गार्मेन्ट्स विधा ‘सातौँ’ मा टेलरिङ् र ड्रेस मेकर र फेसन डिजाइनिङ् गरी २ वटा पेशासँग सम्बन्धित कक्षा चलेका छन् । यी दुवै १५ दिन अवधिका तालिम हुन् । टेलरिङ् र डेस मेकरमा अत्याधिक माग भएकोले यसलाई हरेक सिफ्टमा २-२ वटा कक्षा चलाइएको छ ।

व्युटिसियन ‘सौन्दर्य कला’ विधा ‘आठौँ’ मा ५ वटा पेशा समेटिएका छन् । यसमा नेल आर्ट, हेयर कट एण्ड स्टायल र सैलुन १५-१५ दिन अवधिका हुन् । मेक अप आर्ट, आइलेस आर्ट ७ दिन अवधिका हुन् । डिजाइनिङ् विधा ‘नवौँ’ मा ७ दिन अवधिको स्क्रीन प्रिन्टको कक्षा छ । पुरोहित विधा ‘दशौँ’ मा १५ दिन अवधिको पुरोहित र ७ दिन अवधिको ज्योतिष तालिम चलिरहेका छन् ।

तालिमको अन्तिम २ दिन रोजगार मेला हुने र यस दिन रोजगारदाताहरुले सम्बन्धित तालिम प्राप्त व्यक्तिहरु सम्पर्कमा गएर आफ्नो सिपका बारेमा बताउने र धेरै बेरोजगारले रोजगार पाउन सक्ने महानगरले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?