मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘पुजार सार्की’ को ट्रेलरमा जातीय विभेदको कथा (भिडियो)

काठमाडौँ– मल्टिस्टारर फिल्म ‘पुजार सार्की’ को ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।

यसअघि सार्वजनिक गरिएका गीत र टिजरले राम्रो प्रतिक्रिया पाएको छ । आज (मङ्गलवार) सार्वजनिक गरिएको ट्रेलरमा जातीय विभेदको कथालाई मुख्य विषयवस्तु बनाइएको छ ।

चार दशकअघिको नेपाली समाजलाई फिल्मको पर्दामा देखाउन खोजिएको यो फिल्ममा अभिनेता प्रदीप खड्काले एक दलित युवकको भूमिका निर्वाह गरेका छन् भने आर्यन सिग्देलले ब्राह्मण समुदायको युवकको भूमिका निर्वाह गरेका छन् । ट्रेलरमा पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बुलाई पनि स्थान दिइएको छ ।

फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । उनले यसअघि पनि सामाजिक कथा उठाउँदै आएका छन् । दिनेशले निर्देशन गरेको पछिल्लो फिल्म ‘प्रकाश’ ले पनि राम्रो प्रतिक्रिया पाएको थियो ।

नेपाली समाजका घटनालाई टपक्क टिपेर उतार्ने निर्देशक राउतले यो फिल्ममा जातीय विभेदको मुद्दालाई उठान गरेका छन् ।

आउँदो जेठ १० गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा प्रेम सुब्बा, लोकेन्द्र लेखक, मोहन निरौला, सुवास गजुरेल लगायतका कलाकारको समेत अभिनय रहेको छ ।

फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् भने राजेश श्रेष्ठले खिचेका हुन् ।

यस्तो छ ट्रेलरः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?