मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

काफल बेचेर छोराछोरी पढाउदै गीता वादी

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीया गीता वादी हिजोआज तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बेच्न व्यस्त छिन् । एक दशकदेखि सोही चोकमा बसेर व्यवसाय गदै आएकी बादीले समय अनुसारका फलफूल बिक्री गर्छिन् । उनले भनिन्, “अहिले काफलको मौसम छ, बिहानै खरिद गर्छु । दिनभरी यहीँ चोकमा बसेर  बिक्री  गर्छु । यसैबाट घरपरिवार पाल्न र छोराछोरी पढाउन सजिलो भएको छ ।”

सल्यानका विभिन्न ठाउँबाट बिहानै छिटुवाका छिटुवा काफल तुलसीपुर बजारमा बिक्रीका लागि त्यहाँका स्थानीयवासीले ल्याउने गर्दछन् । वादी पनि दिनहुँ बिहानै मोलमोलाई गरेर काफल खरिद गर्छिन्। दिनभर चोकमा बसेर बिक्री गर्ने गरेको उनीले बताइन् ।

प्रति माना रु एक सयमा काफल बिक्री गर्ने गरेको वादीले बताइन् । गत वर्षको तुलनामा यस वर्ष काफलको उत्पादन घटेको स्थानीयले बताउने गरेको उनको भनाइ छ । वादीले गत वर्ष काफल बिक्रीबाट रु ४० हजार बढी आम्दानी गरेको बताइन् । 

बढ्दो  गर्मीसँगै तुलसीपुर बजारका विभिन्न चोकमा बसेर यतिखेर  काफल बिक्री गर्ने क्रम बढेको छ । विशेष गरेर तुलसीपुर नगरपालिका–१ का विभिन्न गाउँ र सल्यानको कपुरकोट, लान्ती, धनबाङलगायतका स्थानबाट काफल ल्याएर तुलसीपुर बजारमा बिक्री गर्ने गरिएको छ । ती स्थानमा काफल किन्न आउने सर्वसाधारणको भीड नै देखिन्छ ।

काफलको तुलसीपुर बजारमा मनग्य व्यापार भएको छ । तुलसीपुर नगरपालिका–१ को  अम्बास, टुनापानी र छिमेकी जिल्ला सल्यानका विभिन्न गाउँबाट स्थानीयले यहाँका बजारमा बेच्न ल्याएको काफल प्रति माना रु ५० देखि रु एक सय सम्ममा बिक्री हुने गरेको छ । काफल बेच्न तुलसीपुरस्थित सल्यान सडक खण्डमा सल्यानको धनवाङबाट आएकी ५० वर्षीया लक्ष्मी पुन वनबाट टिपेर बिक्री गर्न तुलसीपुर बजार आउँछिन् । काफल बेचेर हालसम्म रु १५ हजार आम्दानी गरेको उनी बताउँछिन् । 

यस्तै तुलसीपुर बजारको वीरेन्द्र चोकमा काफल बिक्री गर्दै आएकी सल्यानको कपुरकोटकी सीता पुनले गत वर्ष रु २५ हजार आम्दानी गरिन् । स्थानीयबाट खरिद गरेर बेचेको काफलबाट एउटा याममा रु ३० हजारदेखि रु ४० हजारसम्म आम्दानी हुने गरेको कपुरकोटमा व्यापार गर्दै आएकी निमा पुनले बताइन् । उनका दुई छोरीले पनि विद्यालयमा बिदा भएको समयमा काफल टिपेर बिक्री गर्ने गरेको बताइन् ।
 
ग्रामीण भेगका विपन्न बालबालिकाले जङ्गलमा गएर काफल टिपेर बजार लगेर बेच्ने गर्दछन् । यसबाट भएको आम्दानीले उनीहरू कापी, किताब, कलमलगायत सामग्री किन्ने गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?