मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

३२ करोडको घर ६० वर्षदेखि खाली, कोही पनि बस्न नचाहने यस्तो छ कारण

काठमाडौँ– सस्तोमा घर पाए कसले पो किन्दैनन् र? तर, अमेरिकाको क्यालिफोर्नियामा एक सुन्दर घर छ । जुन विगत छ दशकदेखि खाली छ । कोही पनि यो घरमा बस्न चाहदैँनन् । २० करोड रुपैँयामा यो घर विक्रीका लागि कयौँ पटकमा बजारमा पुगेको छ ।

घरको सुन्दरता देखेर धेरै मान्छेले किन्न पनि किने । तर कोही पनि यस घरमा टिक्न सकेनन् । किनेको केही दिनमै घर खाली गरेर फर्किन्छन् । किनकि, यो घरको अतीत निकै नै नराम्रो छ ।

डेलीमेलको एक रिर्पोटका अनुसार लस एन्जल्सको पहाडी क्षेत्रमा यो घर बनाइएको छ । जहाँ धनाढ्य व्यक्तिहरु मात्रै बस्न सक्छन् । नौ वटा बेडरुम रहेको यो घरको मूल्य नेपाली रुपैयाँ ८० करोडभन्दा कम छैन । किनकि यो पाँच हजार वर्ग फिटमा फैलिएको छ । तर यस घरको मूल्य ३२ करोड मात्रै निर्धारण गरिएको छ । तर पनि यस घरलाई किन्न कोही मान्दैनन् ।

घर किनेका व्यक्तिले पनि केही समयमै बेच्नका लागि खाली गरिहाल्छन् । ६० वर्षदेखि यस  घर यस्तै नै छ  । यस समयभित्र घरको मालिक रहे पनि घर बेच्न चाहन्छन् । यसको कारण भयानक छ ।

मृत्युसँग जोडिएको घरको इतिहास

सन् १९२५ मा बनेको यस घरको इतिहास मृत्युसँग जोडिएको छ । यस घरको पहिलो मालिक हेराल्ड र फ्लोरेन्स शुमाकर थिए । तर घर बनाएको दुई वर्षपछि नै दुई व्यक्तिको निधन भयो । दुई वर्षपछि एउटा म्यागेजिनका सम्पादक वेलफोर्ड बीटर र उसका छोरा डोनाल्ड यस घरमा बस्न आए । तर केही महिनामै एक घातक संक्रमणका कारण २१ वर्षकै उमेरमा डोनाल्डको निधन भयो । छोराको निधनको पीडाले वेलफोर्डले यो घर छाडे । र आफैँले उक्त घटनाबारे जानकारी दिए ।

१९५६ को एउटा गम्भीर मोड

सन् १९५६ मा यस घरले नयाँ मोड लियो । जुनबेला डाक्टर हेरोल्ड पेरेलसन उनका श्रीमती र तीन बच्चासहित यस घरमा बस्न आए । घरमा आउने बित्तिकै ऋणमा डुब्न थाले । यसले गर्दा डाक्टर पेरेलसनको अभिभावकसँग झगडा हुन थाल्यो । सन् १९५९ डिसेम्बरको विवादले हेरोल्डले राती सुत्ने समयमा आफ्नी श्रीमती लिलियनलाई हथौडाले आक्रमण गरी हत्या गरे । श्रीमतीको मृत्युपछि घाटमा लगेर छाडे । डाक्टरले आफ्नो छोरालाई आक्रमण गर्ने प्रयास गरे ।

सोही समयमा बच्चाहरु चिच्याएकोले छिमेकी मार्सल राँस घरमा आइपुगे र बच्चाहरुलाई बचाए । प्रहरी घटनास्थलमा आउने बेलासम्म डाक्टर हेराल्डले ३१ वटा विषको गोली खाएर आत्महत्या गरिसकेका थिए । मेडिकल परिक्षणबाट उसलाई सिजोफ्रेनिया भएको पत्ता लाग्यो । उसको उपचार भइरहेको थियो ।

एक वर्षपछि एमिली र जुलियनले यस घरलाई किनेका थिए । तर १९७३ मा जुलियन र १९९४ मा एमिलिको निधन भयो । कब्जा छोरा रुडीसँग बस्न गए । तर परिवारको कोही पनि सदस्य यस घरमा बस्न मान्दैनन् । मानिसहरुलाई यस घरलाई ‘मर्डर महल’का रुपमा चिन्छन् । दशकौँदेखि धेरै युट्युबर र कार्यक्रम प्रस्तोताहरु यस घरमा पुग्छन् र केही न केही रेकर्ड गरेर जान्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?