मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

६जी प्रविधिमा नयाँ प्रयास, जापानले बनायो  डिभाइस

काठमाडौँ – ६ जी प्रविधिको प्रतिस्पर्धाकाबीच जापानले ६ जी चल्ने विश्वको पहिलो डिभाइस बनाएको छ । 

यो प्रोटोटाइप डिभाइस हो भने यसको स्पिड ३०० फिटभन्दा फराकिलो दायरामा पनि सय जीबीपीएस भन्दा धेरै छ । जुन अहिलेको ५जी प्रविधिको तुलनामा यसको गति २० गुणा बढी रहेको बताइएको छ ।

जुन गएको वर्ष चीनले विश्वको ल्याएको सबैभन्दा छिटो गतिको इन्टरनेट भन्दा दोब्बर गति हो । जसको गति विद्यमान ५जी इन्टरनेटको तुलनामा १० गुणा बढी थियो ।

यस गतिमा एक सेकेन्डमा १५० एचडी फिल्मको प्रत्यक्ष प्रसारण वा डाउनलोड गर्न सकिने दाबी गरिएको थियो । 

जापानी दूरसञ्चार कम्पनीहरू डोकोमो, एनटीटी कर्पोरेशन, एनईसी कर्पोरेशन र फुजित्सुलगायतले मिलेर बनाएको अहिलेको उपकरण १०० गीगाहर्ज ब्याडमा घरभित्र १०० जीबीपीएसको गतिले चल्छ ।

घर बाहिर भने यही गतिमा चल्न ३०० गिगाहर्ज ब्यान्ड चाहिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?