मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

राष्ट्रिय महिला मादल प्रतियोगितामा हुने

काठमाडौँ– मौलिक धुन तथा गीतको लयमा राष्ट्रिय महिला मादल प्रतियोगिता हुने भएको छ ।

बिहीवार जमलस्थित राष्ट्रिय नाचघरमा हुने प्रतियोगितामा महिला वादकहरु सहभागी हुन पाउँनेछन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र कर्णाली कलाकार प्रतिष्ठानले संगुक्त रुपमा प्रतियोगिता गर्न लागको हो ।

प्रतियोगितमा भाग लिन चाहने प्रतियोगीले तीन दिन अगाडि नाम दर्ता गर्नुपर्नेछ । प्रतियोगीले पाँचदेखि सात मिनेटमा मौलिक धुन वा गीतमा कम्तिमा दुईवटा ताल बजाउनुपर्नेछ ।

वादन वा गायनमा समूहमा तीन जना सहभागी हुन पाउनेछन् र प्रतियोगिमा इच्छा अनुुसार मादल प्रयोग गर्न सकिने बताइएको छ । नेपाली पोसाकसहित प्रतियोगितामा सहभागी हुन आयोजक पक्षले आग्रह गरेको छ ।

निर्णायकहरुको निर्णयका आधारमा प्रथम, द्वितीय, तीतृय र सान्त्वना पुरस्कार क्रमशः ५५ हजार, ३५ हजार, २५ हजार र १५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?