मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

फिल्म ‘फर्की फर्की’ अनमोलका लागि किन महत्त्वपूर्ण छ ?

काठमाडौँ– युवापुस्तामाझ अभिनेता अनमोल केसीको लोकप्रियता छुट्टै छ । उनी अभिनित फिल्मले रिलिज हुनुभन्दा पहिले नै एक खालको क्रेज बनाइसकेका हुन्छन् ।

तर, पछिल्ला केही वर्षयता स्किृप्ट फितलो भएका फिल्ममा काम गर्दा उनले आफ्ना फ्यानलाई निराश बनाएका छन् । पछिल्लो समय रिलिज भएको फिल्म ‘छड्के २’ त्यसैको प्रतिफल हो । उक्त फिल्मले अनमोलको क्रेजका कारण रिलिजअघि छुट्टै हाइप निर्माण गरेपनि रिलिजपछि भने दर्शकलाई नराम्रोसँग निराश बनाएको थियो ।

फिल्म फ्लप भएपछि दर्शकसँग माफी माग्दै अनमोलले अब राम्रो स्किृप्टमा मात्र काम गर्ने बताएका थिए । त्यसपछि यो बीचमा उनले कैयन् फिल्ममा काम गर्न अस्वीकार समेत गरे ।

यस वर्ष भने अनमोलको फिल्म दर्शकले हलमा हेर्न पाउने भएका छन् । अर्कातिर दर्शक तथा समीक्षकलाई के विश्वास छ भने यो फिल्मबाट उनले केही नयाँपन दिनेछन् र अभिनयमा समेत सुधार ल्याएका छन् ।

‘फर्की फर्की’ निर्माण टिमले यो फिल्ममा अनमोल केसीले राम्रो काम गरेको र अभिनयमा समेत सुधार गरेको बताउँदै आएको छ । यसअघि प्रचारका लागि सार्वजनिक गरिएका फिल्मको पोस्टर, ट्रेलर र गीतले फिल्मको क्रेज बढाएको छ । अनमोलका फ्यानले पनि उनको अभिनयको तारिफ गरेका छन् ।

फिल्ममा उनी अभिनेत्री जसिता गुरुङसँग पर्दामा देखिँदैछन् ।

पछिल्लो समय मौलिक भन्दै ग्रामीण भेगका कथामा फिल्म बनिरहेका बेला दर्शकले भने ‘फर्की फर्की’ बाट नयाँ स्वाद चाख्न पाउने अपेक्षा गरिएको छ । यसमा अनमोललाई लभर ब्याइका रुपमा देखिनेछ भने यो एक ‘टाइम ट्राभल’को कन्सेप्टमा आधारित छ ।

ओटीटी प्लाटफर्म र विदेशी फिल्म हेर्ने नेपाली दर्शकका लागि टाइम ट्राभलको कथा नयाँ नभए पनि नेपाली भाषामा भने यस्ता खालका कथामा फिल्म निर्माण भएको पाइँदैन ।

अर्कातिर ‘फर्की फर्की’ निर्माण टिमले फिल्मको प्रचार व्यापक रुपमा गरेको छ । काठमाडौँका विभिन्न स्थानमा राखिएका होडिङ बोर्डमा यतिबेला यही फिल्मको विज्ञापन देख्न सकिन्छ ।

रोहित अधिकारीले निर्माण गरेको र सुयोग गुरुङले निर्देशन गरेको यो फिल्मले रिलिजअघि राम्रो हाइप निर्माण गरेको छ तर रिलिजपछि यो फिल्म कस्तो चल्छ भन्ने फिल्मको स्तरीयताले निर्धारण गर्छ ।

यो फिल्मले रिलिजअघि राम्रो माहोल सिर्जना गरेका कारण र अघिल्ला फिल्म उनले राम्रा दिन नसकेका कारणले पनि यो फिल्म चल्नुपर्ने बाध्यता अनमोलका लागि छ । तर, फिल्म कस्तो छ र दर्शकले कस्तो साथ दिन्छन्, त्यसका लागि भने अझै केही समय कुर्नैपर्ने हुन्छ ।

अब ‘नेक्स्ट लेभल’ को फिल्म दिन सकिँदैन भने स्टारडमकै कारण दर्शक हलसम्म आउँदैनन् भन्ने चाहिँ अनमोल स्वयंले बुझिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?