मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो एन्जाइटी, डिप्रेसन भन्दा खतरनाक बाइपोलर डिसअर्डर ?

बाइपोलर डिसअर्डर एउटा ‘मुड ‘को  मानसिक समस्या हो । यो रोगमा एकै व्यक्तिको मुडमा केही हप्ता वा महिनासम्म निरन्तर उदासी र केही समयको लागि अस्वाभाविक चञ्चलता, खुसी वा चिढचिढापन जस्ता लक्षणहरू देखिने गर्दछ ।

बीचमा भने मुड सामान्य अवस्थामा पनि फर्किने गर्दछ । यस्ता लक्षणहरू देखिएर दैनिक व्यक्तिगत र सामाजिक जीवनमा खलल पुग्नु नै बाइपोलर डिसर्डर को लक्षण हुन सक्छ । बाइपोलर डिसर्डर एउटा ‘मुड’ को मनोरोग मात्रै नभएर मस्तिष्कका रासायनिक परिवर्तनहरूको कारणले निम्त्याउने मनोजैविक रोग पनि हो ।

यो एक मनोरोग भनिरहँदा धेरैलाई यो रोग नौलो रोग पनि हुनसक्छ । एन्जाइटी,डिप्रेसन जस्ता मानसिक रोगहरू सुनिरहेका यो रोग धेरैले नसुनेकै पनि हुनसक्छ । यसै सन्दर्भमा मानसिक रोग विशेषज्ञ डा. कमल मरहट्ठाका अनुसार बाइपोलर डिसअर्डर भनेको एक मानसिक रोग हो ।

यो अरु एन्जाइटी, डिप्रेसन जस्तो कमन त हुँदैन तर जसलाई हुन्छ यसले व्यक्तिलाई परिवारलाई साह्रै असर गर्छ । बाइपोलर डिसअर्डर भन्नाले नामबाटै पनि बुझ्न सकिन्छ दुई ध्रुव,दुई पोल अर्थात् एक विन्दुबाट अर्को बिन्दुमा स्विच हुने रोग हो ।

जस्तै तपाई एक बिन्दुमा हाँस्ने रमाउने गर्नुहुन्छ भने अर्को बिन्दुमा रुने कराउने गर्न थाल्नुहुनेछ । यसमा दुई प्रकारको एपिसोड आउने सक्छ । 

पहिलो एपिसोड:

डिप्रेसन

यसमा मानिस दुखी हुने, निन्द्रा नलाग्ने, आत्महत्याको सोच आउने, इच्छाशक्ति कम हुने, आत्मग्लानि हुने, दिक्दार लाग्ने हुन्छ । यस्तो समस्या केही समय आउँछ र ठिक हुन्छ र बीचमा केही समय मानिस नर्मल रहन सक्छ तर केही समयपछि यसको अर्को स्वरूप आउन सक्छ । 

दोस्रो एपिसोड 

म्यानिया

बिनाकारण अत्यन्त खुसी हुने ,घमन्ड आउने, कलरफुल कपडा लगाउन रुचाउने, धेरै बोल्न रुचाउने, शरीरमा फुर्ती बढ्ने आउने, आवेग बढ्ने हुन्छ । 

रोग लाग्ने मुख्य कारणहरुः

यो रोग लाग्ने कारणहरुमध्ये एक हो वंशाणुगत कारण । जसमा तपाईँको बाजे,बजू, आमा, बा कसैलाई यो रोग थियो भने तपाईँमा पनि यो समस्या निम्तन सक्छ । अर्को भनेको लागूपदार्थको दुर्व्यसनी गर्ने,जाँडरक्सीको कुलतले पनि यस्तो समस्या हुनसक्छ । यसको सुरु म्यानीया बाट पनि हुनसक्छ र डिप्रेसनबाट पनि हुनसक्छ । 

अब यो रोगको सुरु डिप्रेसनबाट भएको छ भने मेनीया भएपछि मात्रै यो रोग कन्फर्म हुन्छ तर सुरुमै मेनीया भएको छ भने यो रोग पुन दोहोरीने सम्भावना पनि रहन्छ ।

यसका लक्षणहरुः

यसका लक्षणहरू अस्वभाविक खालका दुई ध्रुवमा देखिने गर्छन् । कहिले मानिस निकै मुडी, रिसाउने, एकोहोरो टोलाउने दुखी हुने गर्दछ भने फेरी अर्को समयमा मानिस एकदमै खुसी हुने, सबैसँग बोल्न रुचाउने, कामहरूमा पनि निकै सक्रिय हुने, हाँसिरहने गर्दछ ।

मन भारी हुने, उदास र  नरमाइलो लाग्ने, एक्लै बस्न मन लाग्ने, पहिले  रमाइलो लाग्ने गतिविधिहरूमा पनि सहभागी हुन मन नलाग्ने, रुन मन लाग्ने ,अत्यधिक थकावट महसुस हुने,जीवन अर्थहीन लाग्ने,भविष्य निराशाजनक लाग्ने,मनमा आफूलाई नोक्सान गर्ने र जिन्दगी समाप्त गर्ने विचार आउने या प्रयास गर्ने, निन्द्रा कम र बढी लाग्ने,आफ्नो सरसफाइ गर्न मन नलाग्ने । यी सबै डिप्रेसनका लक्षण हुन्

बाइपोलर डिप्रेसनमा आत्महत्या र आत्मनोक्सानको अत्यधिक सम्भावना रहने हुनाले माथि उल्लिखित लक्षणहरूलाई सावधानीपूर्वक लिन जरुरी हुन्छ ।

अत्यधिक मन खुसी, चञ्चलता र चिढचिढापन हुने,निन्द्रा कम लागे पनि शरीरमा अत्यधिक फुर्ती महसुस हुने, आफ्नो क्षमताभन्दा धेरै काम गर्ने जाँगर  चल्ने भविष्यका बारेमा अचानक ठुला ठुला योजनाहरू गर्ने, धेरै बोल्ने र रिसाउने,गाली गलौच गर्ने, सामाजिक परिस्थितिको ख्याल नगर्ने, आफ्नोबारे ठुलो–ठुलो कुरो गर्ने,अलौकिक शक्तिहरूको भ्रम हुने,पैसा धेरै खर्च गर्ने ।

यी म्यानियाका लक्षणहरू हुन् । म्यानिया रोगको लक्षण देखिएपछि आकस्मिक मानसिक स्वास्थ्य सेवाको जरुरी हुन्छ किनभने रोगले च्याप्दै जाँदा दैनिक व्यक्तिगत र सामाजिक जीवनमा उपर्युक्त निर्णय लिने क्षमतामा उल्लेख्य कमी आउन सक्छ र पीडित व्यक्ती क्रमशः आफ्नो स्वाभाविक स्वभावबाट टाढिँदै जान्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?