मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

इन्टरनेटका केही रोचक तथ्य

काठमाडौँ – आधुनिक विश्वको नौलो आविष्कार इन्टरनेट अहिले मानव जीवनको आवश्यक तत्त्वमध्ये एक बनेको छ । 

कम्प्युटर विद्युतीय प्रविधिद्वारा विकास भएको सूचनाको विश्वव्यापी यही सञ्जाल कै कारण सन् २००० को दशक यता सूचना प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा द्रुत गतिको परिवर्तन भएको हो ।

अहिले त्यस्तो कुनै क्षेत्र छैन, जसको परिभाषा इन्टरनेटले नबदलेको होस् । यसै सन्दर्भमा आम मानिसका लागि सामान्य बनिसकेको इन्टरनेट बारे केही रोचक तथ्यहरूका बारेमा जानौँ :

– इन्टरनेटबाट बेचिएको पहिलो सामान सन् १९७१ मा गाँजाले भरिएको ब्याग थियो ।

– गुगलको नाम पहिले गुगल (Google) थिएन । गुगोल (Googol) बाट बिग्रिएर यसको नाम गुगल (Google) रहन गएको हो ।

– इन्टरनेटमा सबैभन्दा पहिला रजिस्टर भएको डोमेन स्याम्बोलिक्स डटकम थियो ।

– संसारको पहिलो ब्राउजर ‘वल्र्ड वाइड वेब’ थियो । बर्नर्स लीले सन् १९९० मा वल्र्ड वाइड वेब नामबाट ब्राउजरको विकास गरेका थिए, जसलाई अहिले ‘नेक्सस’ भनेर चिनिन्छ । 

– जब गुगलमा केहि शब्द टाइप गरिन्छ, त्यस सम्बन्धीत जानकारी हामीसँग ०.२ सेकेण्डमा पठाउँनको लागि गुगल १००० को प्रयोग गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?