मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

गोविन्दाले रिजेक्ट गरेका थिए यो फिल्म, जसले कमायो ३ हजार करोडभन्दा बढी

काठमाडौँ– बलिउड अभिनेता गोविन्दाका नेपालमा समेत उत्तिकै फ्यानहरु छन् । बेलाबेलामा उनी नेपाल घुम्न पनि आइरहन्छन् । उनी लामो समयदेखि फिल्मको पर्दामा देखिएका छैनन् ।

बलिउडमा उनको क्रेज अझै पनि छ । कैयन् सुपरहिट फिल्म दिएका गोविन्दाले केही फिल्मका अफर भने रिजेक्ट (अस्वीकार) गरेका थिए ।

आज हामीले एउटा त्यस्तो फिल्मको बारेमा जानकारी दिँदैछौँ । जसलाई गोविन्दाले मात्र होइन, अन्य दुई चर्चित अभिनेताले पनि रिजेक्ट गरेका थिए । रिलिजपछि उक्त फिल्मले ३ हजार एक सय ४५ करोड करोड कमाइ गरेको थियो ।

जब गोविन्दाको फिल्मी करिअर (वृत्ति) उत्कर्षमा थियो । त्यतिबेला उनका हातमा एकपछि अर्को फिल्म थिए । अहिले भने उनीसँग कुनै पनि फिल्म छैनन् ।

उनले ‘बडे मियाँ छोडे मियाँ’, ‘हसीना मान जायगी’, ‘पार्टनर’ लगायतका सुपरहिट फिल्म दिइसकेका छन् । फ्यान भने अहिले पनि उनको नयाँ फिल्मको प्रतीक्षामा छन् ।

बलिउडमा निकै चर्चा कमाएको फिल्म हो, स्लमडग मिलेनियर । यो फिल्म सन् २००८ मा प्रदर्शनमा आएको थियो । यसलाई बेलायती फिल्म निर्देशक ड्यानी बोयलले निर्देशन गरेका थिए ।

उक्त फिल्ममा मुम्बईको एक झुपडीमा बस्ने युवकको कथा देखाइएको छ । जुन फिल्ममा ती युवक एक ‘क्वीज शो’ देखिन्छन् । उक्त भूमिकामा देव पटेलले अभिनय गरेका छन् ।

सो फिल्ममा अनिल कपूरको पनि शीर्ष भूमिका छ । फिल्ममा कपूरलाई शो को होस्टका रुपमा देख्न सकिन्छ । उक्त भूमिका अनिल कपूरलाई शुरुमा अफर गरिएको भने थिएन ।

बलिउड रिपोर्टका अनुसार सबैभन्दा पहिले गोविन्दालाई सो भूमिकाका लागि प्रस्ताव गरिएको थियो । उनले अस्वीकार गरेपछि शाहरुख खान र अमिताभ बच्चनलाई समेत अफर गरिएको थियो । सबैले फिल्ममा काम गर्न इन्कार गरेका थिए ।

पछि सो भूमिकामा अनिल कपूरलाई अफर गरियो र फिल्म निर्माण भयो ।

रिलिजपछि ‘स्लमडग मिलेनियर’ ले निकै चर्चा बटुल्यो भने त्यतिबेला यो फिल्म कमाइको ग्राफमा पनि निकै अगाडि रह्यो ।

उक्त फिल्ममा समोवश गीत ‘जय हो’ ले समेत निकै चर्चा कमाएको थियो । सो गीतमा एआर रहमानको संगीत सुन्न सकिन्छ । उक्त गीतबाट रहमानले ओस्कार अवार्ड समेत जिते ।

यो फिल्मले ओस्कारमा दश विधामा छानिएको थियो भने आठ विधामा अवार्ड हात पारेको थियो ।

फिल्म निर्माणमा लगभग एक सय २४ करोड रुपैयाँ खर्च भएको थियो भने यसले रिलिजपछि ३ हजार १ सय ४५ करोड कमाइ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?