मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

हाइड्रा फेसियल सम्बन्धी यस्ता भ्रम…..

अनुहारलाई चम्किलो र सुन्दर बनाउने हाइड्रा फेसियल आजभोलि धेरै महिलाको रोजाइमा परेको छ । महिला मात्रै नभएर पुरुषहरू पनि यस्तो फेसियल गराउन सक्रिय बनिरहेका छन् ।

हाईड्रा फेसियलले अनुहारको चायाँ–पोतो,डन्डिफोर लगायत अन्य दाग धब्बा सबै हटाउँछ भन्ने कुराहरू हामीले टिकटक,फेसबुकतिर धेरै नै विज्ञापन नै बनाएर राखेको देख्न सक्छौ ।

यसकारण आज हामी हाइड्रा फेसियल कस्तो प्रविधि हो ? के यसले वास्तवमै अनुहारको चाँया–पोतो, दाग सबै हटाउँछ या हल्ला मात्रै हो भन्ने कुराहरूको जिज्ञासा आज हामी मेटाउँछौ । 

रेडियन्ट स्किन केयर एण्ड हेयर ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छालारोग विशेषज्ञ डा.कमलराज धिताल भन्छन् फेसियल प्रायः हातकै कसरतले गरिन्छ । तर हाइड्रा फेसियलमा भने हातको नभई प्रविधिको बढी प्रयोग हुन्छ ।

नयाँ प्रविधिको माध्यमबाट अनुहारमा रहेको मृत छाला र फोहोरलाई भित्रैबाट सफा गरी अनुहारमा चमक ल्याउने भएकाले यो अन्य फेसियल विधिभन्दा फरक छ । हाइड्रा फेसियल मल्टिस्टेप फेसियल विधि हो ।

यो एकपटक मात्रै गरेर छाड्नुभयो भने तपाईँले परिवर्तन महसुस गर्नुहुन्न । कम्तीमा ४ हप्तादेखि ६ हप्ताको अन्तरालमा यो विधि दोहोर्‍याउनुपर्दछ । यसले छालामा ताजगी र फ्रेसनेश ल्याउँछ । 

हाइड्रा फेसियल सम्बन्धी भ्रम

हाइड्रा फेसियलका सन्दर्भमा एकदमै ठुलो भ्रम  छ । यसले अनुहारमा आएको चायाँ पोतो, पिम्पलका दागहरू बिलकुल हटाउँदैन । न त यसले अनुहारलाई नै गोरो बनाउने हो । यसले त केवल अनुहारको छालालाई सफा गर्ने, ताजगी दिने र केही हदसम्म साना–साना दागहरू भने हटाउँछ । तर बाहिर बजारमा विज्ञापन भए जसरी सबै हटाएर अनुहार दागरहित बनाउने भने होइन । मान्छेहरूलाई पार्लरहरु ठगी गरिरहेका छन् ।

यसका फाइदाहरुः

–धुलोधुँवा र प्रदूषणले छालालाई धेरै असर गर्छ । ती असरबाट जोगाउन हाइड्रा फेसियल गर्नु राम्रो हुन्छ ।

–यसले छालाको भित्री तहसम्म राम्ररी सफा हुन्छ ।

–अनुहारलाई मुलायम र हाइड्रेट राख्छ ।

–छालालाई चम्किलो बनाउँछ ।

–अनुहारमा देखिने छिद्रहरूलाई बन्द गराउँछ ।

–छालालाई कसिलो बनाउँछ ।

यसका साईडईफेक्टहरुः

फेसीयल गर्दा राम्रो मेसिनहरूले गरिएन भने यस्ता ईफेक्ट देखिन सक्छन् । 

–र्‍यासेजहरु आउने

–एलर्जी हुने 

–झन् दागहरू बढ्दै जाने 

–फेसियल गरिसकेपछि  पनि छालाअनुसार हेरचाहमा ध्यान दिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?