मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

३ सय ४६ वर्ष पुरानो थन्थु दरबार पुनः निर्माणको शिलान्यास

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु दरबारको शिलान्यास भएको छ ।

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन ३४६ वर्ष पुरानो भक्तपुरको थन्थु दरबारको शिलान्यास गरेका हुन् ।

५५ झ्यालसँगै जोडिएको थन्थु दरबार २०७२ साल अघिसम्म भक्तपुर नगरपालिकाको कार्यालयको भवनको रूपमा रहेको र २०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त बनाएपछि नगरपालिकाले पुनः निर्माणको तयारी गर्दै गर्दा बजेट र प्राविधिक कारणले यो दरबार पुनः निर्माण ढिलो गरी अगाडी बढेको छ । 

 २०७४ को  निर्वाचनपश्चात् भक्तपुर नपाले नगरका १२४ वटा भन्दा बढी सम्पदाहरू पुनः निर्माण गरेकोमा थन्थु दरबार पुनः निर्माणको काम छलफलमै सीमित भएको र २०७९ सालको निर्वाचनपछि थन्थु दरबार पुनः निर्माण कार्यलाई प्राथमिकतामा राखी काम अगाडि बढाउँदै आएको नगर प्रमुख सुनिल प्रजापतिले बताएका छन् ।

थन्थु दरबार भत्काउन रु. १३ लाख ३८ हजारमा लगत इस्टिमेट भएकोमा रु. ११ लाख ५१ हजारमा भत्काउने काम सम्पन्न भएको र दरबारको जगसम्म भत्काइसकेपछि पटक पटक पुरातत्त्व विभागका महानिर्देशकबाट समेत अवलोकन भएको थियो ।

यो दरबार पुनः निर्माणमा १२ करोड ८५ लाख ३४ हजार ल.इ. स्वीकृत गरी पहिलो चरणको कार्य योजनामा रु. ४ करोड ७२ लाख बजेट स्वीकृत गरी कार्य भइरहेको छ । त्यस्तै रु. १ करोड ५८ लाखको काठ टेन्डर प्रक्रियाबाट खरिद गरिसकेको नगर प्रमुख प्रजापतिले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?