मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

धर्मशास्त्रअनुसार यी हुन तपाईँले  राख्नै पर्ने कुराहरू

दान : धर्मशास्त्र अनुसार तपाईंले दान कसलाई र कति दिनुभएको छ भन्ने कुरा अरु कसैलाइ पनि भन्नु हुँदैन । तपाईंले फलानोलाई यति दान गरेँ भन्दै हिड्नु भयो भने त्यो दानको फल प्राप्त हुदैन ।

मन्त्र : यदि तपाईंलाई कुनैपनि गुरुले मन्त्र दिनुभएको छ भने त्यो मन्त्रलाई पनि गोप्य राख्नुस् । धर्मशास्त्र अनुसार गुरुले दिएको मन्त्र अरुलाई सुनाउँदै हिड्नु भयो भने त्यो मन्त्रले काम गर्दैन ।

घर परिवारको झगडा : तपाईंको परिवारमा पनि कहिलेकाहीं घर झगडा पर्न सक्छ । यो सामान्य कुरा हो । तर यो कुरा ख्याल राख्नुस् कि आफ्नो घरभित्र भएको झगडा अरु कसैलाई सुनाउनु हुँदैन । यदि सुनाउनु भयो भने अरुले तपाईंको कमजोरी थाहा पाएर त्यसैमा खेल्न सक्छन् ।

अपमान : तपाईं कहिं कतै जानु भयो र कसैबाट अपमानित हुनु भयो भने त्यो कुरा पनि गोप्य नै राख्नुस् । किनकी त्यही कुरालाई लिएर अरुले पनि तपाईलाई पटक–पटक खिल्ली उडाउने, होच्याउने काम गर्न सक्छन् ।

यौन सम्बन्ध : तपाईंले कसैसँग यौन सम्बन्ध राखेको कुरा पनि सँधै गोप्य राख्नुस् । यो कुरा अरुलाइ भनेर मजा लिनु राम्रो हुँदैन । यसले नकरात्मक असर पार्न सक्छ ।

पद तथा प्रतिष्ठा : सामान्यता कुनैपनि मानिसहरुमा पद प्रतिष्ठा प्राप्त गरेपछि मात्तिने स्वभाव हुन्छ । तर, पद र प्रतिष्ठाको विषयमा सकेसम्म आफूले अरुसँग कुरा गर्नु हुँदैन ।

धन हानी : कहिं कुनै कारणले तपाईंको धन हानी भयो भने पनि त्यस्तो कुरा गोप्य राख्नुस् । यस्ता कुराहरु अरुसँग सुनाएर पनि तपाईको धन फर्किने होइन । यसबाट तपाईंको मजाक उडाउने बाहेक अरु केही हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?