मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो डाउन सिन्ड्रोम पीडितका लागि गरिने न्युरो डेभलपमेन्ट उपचार ?

डाउन सिन्ड्रोम एक आनुवंशिक विकार हो, जसले प्रत्येक वर्ष सामान्यतया एक हजार मध्ये एक जना बच्चालाई जन्म को समयमा प्रभावित गर्छ । यस्तो अवस्थामा बालबालिकाको शारीरिक र मानसिक विकासमा केही समस्या आउँछ । यद्यपि, न्यूरोडेभलपमेन्टल ट्रिटमेन्ट (एनडीटी) भनिने विशेष उपचारले यी बालबालिकाहरूलाई धेरै मद्दत गर्न सक्छ । 

के हो न्यूरोडेवलपमेन्ट उपचार ?

न्यूरोडेभलपमेन्ट उपचार बालबालिकाको समग्र विकासमा मद्दत गर्ने एक व्यापक उपचार हो । यो उपचारले बालबालिकाको मोटर स्किल्स अर्थात शारीरिक क्रिया  गर्ने क्षमता, त्यसमा तालमेल बसाउने र उनीहरूको सम्पूर्ण शारीरिक विकासमा ध्यान दिन्छ । साथै यसले तिनीहरूलाई द्रुत गतिमा चीजहरू सिक्ने र आफ्नो काम आफै गर्न सक्षम बनाउँछ । जसले तिनीहरूको जीवनको गुणस्तर सुधार हुन्छ ।

न्यूरोडेवलपमेन्ट उपचारले कसरी काम गर्छ ?

यो उपचार हरेक बच्चाको लागि फरक फरक हुन्छ । डाक्टरहरूले बच्चाहरूको आवश्यकता र उनीहरूको विकास क्षमतालाई ध्यानमा राखेर उनीहरूको लागि व्यक्तिगत उपचार योजना तयार गर्छन् । यो उपचारमा धेरै चीजहरू समावेश हुन सक्छ, जस्तैः व्यायाम र शारीरिक गतिविधिहरू:

बच्चाहरूलाई उनीहरूको मांसपेशी बलियो बनाउन र उनीहरूको लचिलोपन ल्याउन विशेष व्यायाम गराइन्छ ।

खेल र रमाइलो गतिविधिहरू: बच्चाहरूले खेलबाट धेरै कुरा सिक्छन् । त्यसैले यस्ता खेललाई न्यूरोडेवलपमेन्ट उपचारमा समावेश गरिन्छ, जसले बालबालिकाको शारीरिक र मानसिक विकासमा मद्दत गर्छ ।

प्रविधिको प्रयोग: आजकल भर्चुअल वा अन्तर क्रियात्मक (इन्टरेक्टिभ) एपको सहायताले समेत बालबालिकाको उपचार गरिन्छ । यी एपहरूले बच्चाहरूलाई चीजहरू सिक्न सजिलो बनाउँछ ।

विशेषज्ञहरूको समूहः धेरै विशेषज्ञहरू न्यूरोडेवलपमेन्ट उपचारमा सँगै मिलेर काम गर्छन् । यसमा फिजियोथेरापिस्टहरू, अकुपेसनल (पेशागत) थेरापिस्ट (जसले दैनिक कार्यहरू गर्नमा मद्दत गर्छन्), स्पीच थेरापिस्ट र डाक्टरहरू समावेश हुन सक्छन् । यो समूहले मिलेर बच्चाको प्रगति अनुगमन गर्छ र आवश्यकता अनुसार उपचार योजनामा परिवर्तनहरू गर्छ ।

परिवारको भूमिका: आमा बाबु र परिवारको भूमिका न्यूरोडेवलपमेन्ट उपचारको एक महत्त्वपूर्ण भाग हो । डाक्टरहरूले आमा बाबुलाई घरमा बच्चाहरूलाई कसरी व्यायाम गराउने हेरचाह गर्ने आदि सिकाउँछन् । यसबाट बालबालिकालाई चाडै फाइदा हुन्छ ।

न्यूरोडेवलपमेन्ट उपचार कुनै पनि उमेरका बालबालिकाको लागि लाभदायक हुन सक्छ । तर यो उपचार जति चाँडो  सुरु हुन्छ, बच्चाहरूलाई त्यति नै बढी फाइदा हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?