मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डालेघाँसको बीउ पाएपछि पशुपालक किसान खुसी

महोत्तरी – आफ्नै घरआँगनमा डालेघाँसको बीउ पाएपछि महोत्तरीको मटिहानीका पशुपालक किसान खुसी भएका छन् । पशुका लागि पौष्टिक आहार मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् । किसानलाई मटिहानी नगरपालिका र हेफर प्रोजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ कार्यक्रमले आज डालेघाँसको बीउ दिएको हो ।

विभिन्न समूहमा आबद्ध महिला किसानलाई जनही मेनदोला–५५०, बकाइनो–१५० र भटमासे–१२० ग्राम दिइएको परियोजना संयोजक महेश यादवले बताए । यी घाँस दुधालु वस्तुमा दूध बढाउने, हलक्क बढाउने र मासु प्रयोजनका पशु चाँडै हुर्कने र मासु खँदिलो हुने परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत मिथिलेश झाको भनाइ छ ।

आफ्नै घरआँगनमा पोसिलो घाँसको बीउ पाएपछि अब पशुवस्तुका लागि घाँस खोज्न कहाँ जाने भन्ने चिन्ता हराएको पशुपालक महिला किसानको भनाइ छ । “प्रतिकूल मौसममा घाँस खोज्न, काट्न र घरसम्म ल्याउन हम्मे नै पथ्र्यो,” मटिहानी–२ का पशुपालक किसान विमला खत्वेले भनिन्, “अब आफ्नो घर नजिकै बारीमा घाँस हुर्काएपछि निकै सजिलो हुनेछ ।” खत्वेजस्तै मटिहानी–३ का ललितादेवी मण्डल र मटिहानी–९ का बच्चीदेवी साफीले पनि अब घरपालुवा पशुवस्तुलाई आफ्नै बारीमा उत्पादित पोसिलो घाँस खुवाउन पाइने भएपछि खुसी लागेको प्रतिक्रिया दिइन्।

मटिहानीमा विभिन्न समूहमा आबद्ध महिला किसानले परियोजनाको सहयोगमा उन्नत जातका बाख्रा र कोरेली बाछी पाल्दै आएका छन् । आज विभिन्न समूहमा आबद्ध दुई सयभन्दा बढी महिला किसानले डाले घाँसको बीउ पाएका छन् ।

महिला किसानलाई आयआर्जनमा उत्प्रेरित गर्न यो परियोजनाले निकै सघाउ पु¥याएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । नगरका साना पूँजीका महिला परियोजनाको सहयोगबाट पशुपालनमा लागेपछि आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका मण्डलले बताए । मटिहानी नगरपालिकाले बर्सेनि कृषिलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्ला पाँच वर्षयता बर्सेनि मौसमअनुसारका फलफूल, तरकारी र अन्नबालीका बीउ÷बिरुवासँगै आवश्यक प्रविधिको सहयोग गरिँदै आइएको नगरप्रमुख मण्डलको भनाइ छ ।

पछिल्लो समयमा परियोजनाको सहयोगले हौसिएका नगरका महिला बाख्रा, कोरेली बाछीपालनमा उत्साहित देखिँदा छन् । “हामी अब आफै केही गर्न सक्ने भयौँजस्तो लागेको छ,” मटिहानी–२ का पशुपालक किसान सुजिता यादवले भनिन्, “परियोजनाले हामीलाई आत्मनिर्भर बनाउँदैछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?