मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्तो छ फेस्टिभलमा चर्चा कमाएको ‘गाउँ आएको बाटो’ को टिजर (भिडियो)

काठमाडौँ– फिल्म ‘गाउँ आएको बाटो’ को टिजर सार्वजनिक गरिएको छ । काठमाडौँमा आयोजित कार्यक्रममा टिजर सार्वजनिक गरिएको हो ।

जेठ २५ गतेदेखि प्रदर्शनमा आउने यो फिल्मलाई नविन सुब्बाले निर्देशन गरेका हुन् ।

विश्वका विभिन्न महोत्सवमा सहभागिता जनाएको यो फिल्ममा दयाहाङ राई, पशुपति राई र बाल कलाकार प्रशान राईको शीर्ष भूमिका छ । दुर्गम गाउँमा सडक पुगेपछि एक परिवारको जीवनशैलीमा आएको परिवर्तनलाई फिल्ममा प्रस्तुत गरिएको टिजरमा देख्न सकिन्छ ।

फिल्ममा खानुमा राई, प्रमिशा राई, प्रेम सुब्बा लगायतका कलाकारको समेत अभिनय रहेको छ । फिल्मलाई अमोद राई र नविन सुब्बाले निर्माण गरेका हुन् ।

भिडियो:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?