मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कौसी थिएटरमा जेठ ३ गतेदेखि नाटक ‘गिल्टी अर नट गिल्टी’

काठमाडौँ– टेकुस्थित कौसी थिएटरमा जेठ ३ गतेदेखि २६ गतेसम्म नाटक ‘गिल्टी अर नट गिल्टी’ मञ्चन हुने भएको छ ।

रसियन–अमेरिकन लेखक अयन र्‍यान्डकाे नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’का आधारमा नाटक तयार गरिएको नाटकको निर्देशन तथा डिजाइनर रङ्गकर्मी राजकमल फकिरले बताए ।

निर्देशक फकिरका अनुसार थ्रिलर जनरामा बनेको नाटकले मृत्यु, अदालत, हत्या, हत्यारा पक्षमा वकालत गर्दै दर्शकलाई रहस्यमय संसारमा लैजान्छ ।

नाटकले समाजमा पैसा, शक्ति र राजनीतिक आडम्बरी स्वभामा बाँचेको मान्छेलाई चित्रण गर्दै समाजका लागि नैतिकतावाद व्यक्तित्व निर्माणका लागि सन्देश दिने फकिरको भनाइ छ ।

नाटकको अहिले रिहर्सल जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?