मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के तपाई पनि तौल घटाउन रातमा खाना खानुहुन्न ? पर्न सक्छ यस्तो असर

हिजोआज तौल कम गर्नका लागि रातको खाना नखाने प्रचलन एकदमै बढ्दो छ । पछि गएर यसको असर के हुन सक्छ भन्ने मानिसले नसोची खाना खान छोड्न थालेका छन् । तर यस्तो गर्नुअघि रातमा खाना नखाँदा शरीरमा कस्तो असर हुन्छ त्यसबारेमा जान्न एकदमै जरुरी हुन्छ ।

– रातको खाना नखाँदा यसको असर तपाईँको मेटाबोलिज्ममा पर्न सक्छ । साथमा यसले तपाईँको शरीरमा पोषक तत्त्वहरूको कमी पनि हुन सक्छ । यसो गर्दा तपाईँको सुत्ने प्रक्रियामा पनि अवरोध आउन सक्छ ।

जो स्वास्थ्यका लागि एकदमै हानिकारक हुन्छ । जसरी शरीरमा खानाको आवश्यकता छ त्यसरी निद्राको पनि उत्तिकै आवश्यकता पर्दछ । निद्रामा नकारात्मक प्रभाव पर्दा अन्य शारीरिक तथा मानसिक समस्याहरू पनि आउन सक्छन् ।

–रातको खाना नखाँदा तपाईँलाई जति बेला पनि भोक लागेको अनुभूति हुन सक्छ । जसले गर्दा तपाईँ जति बेला पनि खाना खानुहुन्छ र त्यो समयमा आवश्यकता भन्दा बढी खाने सम्भावना हुन्छ । यसले पनि शरीरलाई बेफाइदा नै गर्छ । समयमा खाना खाँदा पनि तपाईँको शरीरको सुगर लेबल नियन्त्रित रहन्छ ।

तर रातको खाना नखाँदा यसले मेटाबोलिज्ममा असर गर्छ जसले गर्दा शरीरमा सुगर लेबल पनि तलमाथि हुन सक्छ । रातमा भोकै सुत्ने गर्दा तपाईँको तौल कम हुन सक्छ तर यसले शरीरलाई भने भित्रैदेखि कमजोर बनाउँदै लग्छ । जसले गर्दा तपाईँको शरीरका मांसपेशीहरू पनि कमजोर हुँदै जान्छन् । यसले शरीरको ऊर्जामा  पनि नकारात्मक प्रभाव पार्छ । साथमा यसले तनाव पनि बढ्न थाल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?