मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रौतहट प्रहरी बरामद गर्‍यो २५ लाख बढीको अवैध सामान

रौतहट – रौतहटस्थित तस्करहरूले भन्सार छलेर विभिन्न नाकाबाट भित्र्याएको २५ लाख रुपैयाँभन्दा बढीको अवैध भारतीय सामान बरामद गरेको छ।

गत १० गतेदेखि २२ गतेसम्म जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले विभिन्न स्थानबाट भन्सार छली भित्र्याएको कपडा, किरानालगायत २५ लाख ५१ हजार ४०५ रुपैयाँ बराबरको सामान बरामद गरेको हो।

बरामद सामान कारबाहीको लागी सोमबार जिल्ला भन्सार कार्यालय रौतहटमा दाखिला गरेको प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरी द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?