मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

टाइटनिक फेम अभिनेता बर्नार्ड हिलको निधन

काठमाडौँ – हलिउडका दिग्गज अभिनेता बर्नार्ड हिलको ७९ वर्षको उमेरमा निधन भएको छ । बर्नार्ड हिल १९९७ को फिल्म ‘टाइटनिक’ मा क्याप्टेन एडवर्ड जोन स्मिथको भूमिकाको लागि परिचित थिए । 

उनले ‘टाइटनिक’ र ‘द लर्ड अफ द रिङ्स: द टू टावर्स’ बाहेक बर्नार्ड हिलले ‘द स्कर्पियन किंग’, ‘द ब्वाइज फ्रम काउन्टी क्लेयर’, ‘गोथिका’, ‘विम्बल्डन’, ‘द लिग अफ, जेन्टलमेन एपोकेलिप्स, ‘जोय डिभिजन’, ‘सेभ एन्जल होप’, ‘एक्सोडस’ र ‘वाल्कीरी’ जस्ता फिल्ममा अभिनय गरेका थिए । 

उनले बाफ्टा अवार्ड, क्रिटिक्स च्वाइस अवार्ड, ब्रोडकास्टिङ प्रेस गिल्ड अवार्ड र अन्तर्राष्ट्रिय एमी अवार्डका लागि मनोनयन गरिएको थियो । यद्यपि, उनले २००४ मा द लर्ड अफ द रिङ्स: द रिटर्न अफ द किंगमा गरेको उत्कृष्ट प्रदर्शनको लागि स्क्रिन एक्टर्स गिल्ड अवार्ड प्राप्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?