मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

के हो स्किन बुस्टर ? किन दिइन्छ ?

स्किन बुस्टर पछिल्लो समय एकदमै प्रयोगमा रहेको उपचार विधि हो । स्किन बुस्टर भन्नाले इन्जेक्सनहरू बुझिन्छ । हाम्रो शरीरमा हाइलोनिक एसिड नामक तत्व रहेको हुन्छ ।

जुन सुगरबाट बनेको हुन्छ । शरीरमा पानीलाई सञ्चय गरेर राख्ने काम यसले गर्छ । यसको प्रयोग विभिन्न अवस्थामा हुने गर्छ । छालामा चमक बढाउन, हाइड्रेसन ल्याउन,चाउरीपना घटाउन समेत स्किन बुस्टरको प्रयोग हुने गरेको छ ।

शरीरमा भइरहेको मोस्चराइजिङ तत्त्वहरूलाई आवश्यक परेको अवस्थामा स्किन बुस्टरको रूपमा दिने गरिन्छ । छालाका लागि निकै महत्त्वपूर्ण मानिने हाइलोनिक एसिड स्किन बुस्टरमा रूपमा दिँदा छाला एकदमै चम्किलो हुन्छ । 

उपचार विधि 

छालालाई लाटो बनाउने एक प्रकारको एक क्रिम लगाएको आधा घण्टा राखेपछि इन्जेक्सनको सहायताले स्किन बुस्टर दिने गरिन्छ । सुरुवात गरेको १५,२० मिनेटपछि उपचार सकिन्छ ।

असर कम हुने भएकोले पनि यो विधि पछिल्लो समय एकदमै प्रचलनमा रहेको छ । छालालाई टाइट गर्ने तथा चमक बढाउनका लागि यो प्रचलित विधि हो । छालालाई लामो समयसम्म फाइदा गर्ने कोलाजिन जस्ता तत्त्वहरू समेत समावेश गरिने भएकोले यो प्रभावकारी विधि हो । 

इन्जेक्सनको माध्यमबाट दिइने स्किन बुस्टरले दुईदेखि तीन साताको फरकमा दिँदा प्रभावकारी रूपमा काम गर्छ । यसरी तीन पटक स्किन बुस्टर दिँदा त्यसले ६ महिनासम्म काम गर्छ । मलिक्युलहरु महँगो हुने भएकोले यस प्रकारको उपचार विधि केही महँगो भने छ ।

यद्यपि यसमा बिरामीले यस प्रकारको विधिबाट सन्तुष्टि भने लिने गरेका छन् । स्किन बुस्टरका कारण शरीरमा खासै असर पर्दैन । 

इन्जेक्सन राम्रोसँग लगाउन नजानेमा लगाएको ठाउँमा डल्लाडुल्ली आउने, सामान्य रातो डाबर आउने सामान्य असरहरू कसैलाई देखा पर्न सक्छन्।  

गर्भवती तथा स्तनपान गराइरहेका महिला, आइरोनिक एसिडजन्य औषधिको असर पर्ने महिलाहरूले भने यस विधिको प्रयोग गर्नु राम्रो मानिँदैन । यद्यपि यो छालाको उपचारमा प्रयोग हुने सुरक्षित उपचार विधि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?