मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिनेमा

जातीय विभेदको विषयमा फिल्म ‘वसन्त’ निर्माण गर्दै प्रकाश सपूत

काठमाडौँ– जातीय विभेदको कथा उठान गरेर फिल्म ‘वसन्त’ निर्माण हुने भएको छ । यो फिल्ममा लेखन तथा निर्देशन प्रकाश सपूतको रहनेछ ।

राजधानीमा आयोजित एक कार्यक्रममा फिल्मको औपचारिक उद्घाटन गर्दै भिडियोसमेत सार्वजनिक गरिएको छ । गायक सपूतले यसअघि पनि जातीय विभेदका विषयलाई संगीतमा पोख्दै आएका थिए । उनले सोही विभेदकारी विषयमाथि फिल्म निर्माण गर्ने घोषणा गरेका हुन् ।

फिल्मको सह–निर्देशन सुनिल बिकले गर्ने भएका छन् ।

यही वर्षको चैते दशैँलाई प्रदर्शन मिति तोकिएको यो फिल्म नेपालको ग्रामीण भेगमा हुने जात व्यवस्थाको विषयमा हुनेछ । प्रकाश सपूतले यसअघि पनि जातीय व्यवस्थाविरुद्ध उत्कृष्ट सिर्जनाहरु पस्किँदै आएका छन् ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा प्रकाश सपूतले नै निर्माण गर्ने यो फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सी शेरचन कार्यकारी निर्माता छन् ।

फिल्ममा संगीत समेत प्रकाश सपूतकै हुनेछ । फिल्ममा स्वस्तिमा खड्काको पनि शीर्ष भूमिका रहनेछ । यस्तै फिल्ममा अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाल लगायतका कलाकारको समेत अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?