मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएपछि रचना रिमालको यस्तो प्रतिक्रिया

काठमाडौँ– गायिका रचना रिमालले सन्दीप लामिछानेको विषयमा बोलेकी छिन् ।

उनले सन्दीप दोषी भए कानून अनुसार सजाय दिन र निर्दोष भए विश्वकप खेल्न दिन आग्रह गरेकी हुन् ।

रचनाले सामाजिक सञ्जालमार्फत यस्तो बताएपछि उनका फ्यानले मिश्रित प्रतिक्रिया दिएका छन् ।

आज पेसी तोकिएको क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखिएपछि उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

जिल्ला अदालत, काठमाडौँको फैसलामाथि गरेको पुनरावेदनमा आज उच्च अदालत पाटनमा मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गा प्रसाद ढुङ्गेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।

यसअघि पटक–पटक ‘हेर्न नभ्याइने’ मा परेको यो मुद्दा आज तेस्रो स्थानमा रहेको थियो ।

यस मुद्दामा यसअघि झगडिया झिकाउन र गौशालाको जन्म मितिको विवरण झिकाउन आदेश दिइएको थियो ।

काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो । सन्दीप यही फैसलाविरुद्ध उच्च अदालत गएका हुन् ।

त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पनि उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाइ अगाडि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?