मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

पाठेघर तथा आङ खस्ने बिरामी खोज्दै धौलागिरि अस्पताल

बागलुङ – धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर गरेर बिरामीको पहिचान गर्ने भएको छ । अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर सञ्चालन गर्ने र त्यसपछि शिविरका आधारमा पहिचान भएका बिरामीलाई उपचार र निःशुल्क अपरेसनसमेत गराउने योजना बनाएको हो ।

अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा स्त्रीरोग विशेषज्ञ डा. रेखा शर्माले उक्त जानकारी गराइन् । उनले पहिलो चरणमा काठेखोला र बरेङ गाउँपालिका तथा जैमिनी नगरपालिकामा स्क्रिनिङ शिविर सञ्चालन गरेर पहिचान भएका बिरामीको धौलागिरि अस्पतालमा निःशुल्क उपचार र शल्यक्रिया गराउने बताइन् ।

शर्माका अनुसार अस्पतातले यही वैशाख ३० गते बरेङ, आगामी जेठ ५ गते जैमिनी र जेठ १२ गते काठेखोलामा स्क्रिनिङ शिविर सञ्चालन गर्न लागिएको हो । त्यसबाहेक शिविरमा फिस्टुला, निःसन्तान दम्पतीको समस्या समाधान, महिनावारी गडबडी, पिसाबको समस्या तथा प्रजनन स्वास्थ्यबारे परीक्षण गरिनेछ । त्यसबाहेक पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर हुन सक्ने सम्भावनाको खोजी गरिने बताइएको छ । 

निजी संस्थामा गएमा पाठेघरको अपरेसनलगायतका उपचारमा रु डेढ लाखसम्म खर्च हुनेछ । सरकारी अस्पतालमा भने सरकारले पठाइदिने प्रतिव्यक्ति रु १३ हजार र अस्पताल विकास समितिले थप गर्ने रु छ हजार गरी रु १९ हजारको उपकरण र औषधि प्रयोगपछि शल्यक्रिया गर्न सकिने गरी यो अवसर ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेलले बताए । 

उनले राज्यको उत्तरदायित्व पूरा गर्ने र गाउँघरका बिरामीको उपचारमा पनि सहयोग गर्ने लक्ष्य राखिएको बताए । कार्यक्रममा अस्पताल विकास समिति सदस्य लक्ष्मी जिसी कार्कीले महिलाको शरीर संवेदनशील भएकाले ग्रामीण क्षेत्रमा पुगेर उपचार गर्दा आवश्यक परेमा शल्यक्रियासमेत गर्न चिकित्सक टोली खटाइएको बताए । उनले पश्चिम बागलुङमा यस्ता बिरामीको उपचारमा पहल गर्ने बताए । अस्पतालले शल्यक्रिया समय भनेपछि तय गर्नेछ । गत वर्ष पनि विभिन्न स्थानमा भएका स्क्रिनिङबाट ३६ जनाको शल्यक्रिया निःशुल्क गरिएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?