मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

वायु प्रदूषणले अल्जाइमरको जोखिम बढ्दो 

एक नयाँ अध्ययनले वायु प्रदूषण भएको वातावरणमा लामो समयसम्म बस्दा बिर्सने रोग अल्जाइमरको जोखिम बढ्न सक्ने देखाएको छ ।

यो पहिले पनि अनुसन्धान भएको थियो कि वायु प्रदूषणले श्वासप्रश्वास र मुटु रोगको जोखिम बढाउन सक्छ । बेल्जियमको एन्टवर्प युनिभर्सिटी र नेदरल्याण्डको ग्रोनिंगन युनिभर्सिटी का अनुसन्धानकर्ताहरूले शवको मस्तिष्कको परीक्षण (ब्रेन अटोप्सी) को विश्लेषणका आधारमा यो दाबी गरेका हुन् ।

उनीहरूले न्युरो सम्बन्धी समस्या बाट पीडित चार व्यक्तिको मस्तिष्कका विभिन्न भागको जाँच गरी ब्लैक कार्बन कणको उपस्थितिले अल्जाइमर रोग को पुष्टि गरेका छन् ।

जामा नेटवर्क ओपन जर्नलमा प्रकाशित अध्ययनको नतिजा अनुसार, ओलफेक्ट्र्री बल्ब (गन्ध को अनुभूतिमा सघाउने भाग)  समेत थैलमस (मस्तिष्कको  सूचना रिले स्टेसन) , प्रीफ्रंन्टल कर्टेक्स (मनुष्यको संज्ञानात्मक क्षमताको लागि जिम्मेवार) र हिप्पोक्याम्पस (सिकाइ र स्मृति सँग जोडिएको भाग ) मा उच्च मात्रा मा ब्ल्याक कार्बन पार्टिकल्स को उपस्थिति पाइएको छ ।

अनुसन्धान कर्ताहरूका अनुसार अध्ययनका प्रमाणहरूले वायु प्रदूषणका कणहरू मानव मस्तिष्कमा प्रवेश गर्न र मस्तिष्कको महत्त्वपूर्ण भागहरूमा जम्मा हुन सक्ने समेत  देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?