मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

मनाङका दुई अग्ला पहाडमा चट्टान आरोहण परीक्षण

मनाङ– अन्नपूर्ण पदमार्गअन्तर्गत दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ। मनाङको चामे गाउँपालिका– ५ छिम्बु भिर र मनाङ ङिस्याङ गाउँपालिका– १ भ्राताङ भिरमा चट्टान आरोहण साहसिक खेल परीक्षण गरिएको हो।

पर्यटन बोर्ड गण्डकी प्रदेशबाट अनुमति लिएर दुई फ्रान्सेली नागरिकसहित दुई नेपालीले ती दुई भिरमा खेल परीक्षण गरेकाे चामे गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए।

अन्नपूर्ण पदमार्ग विश्वकै १०औँ अग्लो स्थानमा पर्दछ। उनले भने, ‘चट्टान आरोहणलाई यस पदमार्गको साहसिक खेलको गन्तव्यका रूपमा विकास गर्नुपर्छ। यसले पर्यटकीय क्षेत्र मनाङको विकासमा प्राकृतिक सम्पदाको उपयोग पनि हुन्छ। यसमा प्रदेश सरकारको ध्यानाकर्षण गर्न चाहन्छु।’

गाउँपालिकालाई पर्यटनमार्फत समृद्ध बनाउने लक्ष्यमा साहसिक खेलले टेवा पुग्ने भएकाले सहमति पत्र दिएर नै अगाडि बढिरहेको अध्यक्ष घलेको भनाइ थियो।

चामे– ५ का वडाध्यक्ष विजय गुरुङले पनि पदमार्गको आकर्षण वृद्धि र पर्यटन प्रवर्द्धनका लागिसमेत रक क्लाइम्बिङको विकास तथा प्रचारप्रसारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

पर्यटकीय क्षेत्रमा यस्ता साहसिक खेलले पर्यटन क्षेत्रको विकास र आगमन वृद्धि हुनुका साथै मनाङको प्रचारप्रसार हुने प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले भनाइ छ।

‘पालिकाबाटै अनुमति लिएर गरिएको रक क्लाइम्बिङ सफल भयो। सम्भवतः नेपालकै अग्लो भिरमा पहिलोपटक यो रक क्लाइम्बिङ हुन सक्छ’, उनले भने, ‘म आफैँ पनि आरोहणमा सहभागी भए। यस खेलको माध्यमबाट पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरेको छ। त्यसैले यस मार्गको विकास र साहसिक पदमार्गमा साहसिक खेल प्रवर्द्धनमा जोड दिनुपर्छ।’

पाँचदिने आरोहण परीक्षणमा नेपाली, विदेशीसहित पालिकाका जनप्रतिनिधि, स्थानीयलगायतको सहभागिता रहेको थियो। यसबाट पर्यटन व्यवसायी उत्साहित भएका छन्। पर्यटकलाई आकर्षित गर्न प्राकृतिक सम्पदाको उपयोग गर्न सकिएमा यहाँ अझै बढी बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउन सकिने उनीहरूको विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?