मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

नेपाल भारत सिमा–नाका दुई चरणमा आठ दिन बन्द हुने

सिरहा – छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी  नेपाल–भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ ।

विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदै छ ।

जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार मध्यरातदेखि २५ वैशाखसम्म सीमा नाका बन्द रहने  छ ।

त्यसैगरी दोस्रो चरणको निर्वाचनका लागि ४ जेठ मध्यरातदेखि ७ जेठ मध्यरातसम्म बन्द हुने छ ।

करिब दुई महिनाअघि विहारको मधुवनीमा सम्पन्न नेपाल–भारतका सुरक्षा अधिकारीहरूको बैठकको निर्णयअनुसार भारतसँग सीमा जोडिएका सिरहाको ठाढी, बरियारपट्टी र माडरनाका बन्द गरिने सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?