काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले यो साता काठमाडौँका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने जानकारी दिएको छ ।
कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले यी तीन केन्द्र अन्तर्गत विभिन्न ठाउँमा आज आइतवारदेखि २८ गते शुक्रवारसम्म चार घण्टा विद्युत् अवरुद्ध रहने छ ।
यी स्थानमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।
आज फोर्स बसपार्कबाट तेज विनायक चोकसम्म, भोलि सोमवार सोल्टी मोडबाट रवि भवनसम्म, पर्सि मङ्गलवार फोर्स बसपार्कबाट तेज विनायक चोकसम्म, बुधवार छाउनी अस्पताल क्षेत्रमा बिजुली कटौती हुने सूचनामा उल्लेख छ ।
सूचना अनुसार बिहीबार तेज विनायक चोकबाट मानटार चोकसम्मको क्षेत्र र शुक्रवार ढाल्पाक चोकबाट राराहिल चोकसम्म बिजुली कटौती हुने उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया