मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कस्तो हुँदै छ ‘मनसरा’ को व्यापार ? तोड्ला ‘जारी’को रेकर्ड ?

काठमाडौँ – शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ ले शुरुवाती व्यापार राम्रो गर्न सफल भएको छ ।

प्रदर्शनका दिन  पूर्वबाहेकका शहरहरुमा फिल्मको व्यापार अपेक्षाकृत रहेन । तर शनिबार भने देशभर नै बलियो व्यापार गरेको फिल्मप्रति काठमाडौँमा पनि दर्शकको क्रेज उत्साहजनक देखियो ।

देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले उपलब्ध गराएको शोजमा फिल्मले बिहान ४० प्रतिशत, दिउँसो ७० प्रतिशत र साँझ ९० देखि शतप्रतिशत अकुपेन्सी कायम गरेको छ । दिउँसो र साँझका केही शोज हाउसफुल भए ।

काठमाडौंका अन्य मल्टीप्लेक्समा पनि शनिबार फिल्म हेर्ने दर्शक पर्याप्त देखिदा पूर्वमा त फिल्मको व्यापार शुक्रबारभन्दा पनि आक्रामक रहेको निर्माण टिमको दाबी छ । 

त्यस्तै शनिबार चितवन, पोखरा, नेपालगञ्ज, बुटवल, दमौली जस्ता सहरमा पनि ‘मनसरा’ले राम्रो अकुपेन्सी कायम गरेको  फिल्मको व्यापार डेढ करोड हाराहारी पुगेको बताईएको छ । अब यसको व्यावसायिक भविष्य भने आजदेखिको ‘वर्ड अफ माउथ’मा निर्भर रहनेछ । 

उपेन्द्र सुब्बाको लेखन निर्देशन रहेको फिल्मले एकल महिला र निसन्तान पुरुषबिचको कथा बोल्छ । अभिनेता प्रवीण खतिवडा र अभिनेतृ मिरुना मगरको वरिपरि घुमेको फिल्ममा अभिनेता दयाहाङ राईको पनि सशक्त अभिनय छ ।

निर्देशक सुब्बाको यो दोस्रो फिल्म हो । सुब्बाले यसअघि ‘जारी’ निर्देशन गरेका थिए ।  ‘मनसरा’ले बक्स अफिसमा ‘जारी’ले व्यवसायमा बनाएको १७ करोड व्यवसायको रेकर्ड तोड्ने अनुमान गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?