काठमाडौँ – फिरोज खान बलिउडका उम्दा कलाकार तथा फिल्म निर्माता समेत हुन् ।
‘जाबाज’,‘कुर्बानी’,‘दयावान’ जस्ता फिल्म निर्देशन समेत गरेका उनैले ३२ वर्ष अघि एउटा फिल्म बनाएका थिए । जसका लागि उनले बलिउडका तीन खान अर्थात् शाहरुख,सलमान र अमिरलाई आग्रह गरेका थिए । तर उनीहरूले यो प्रस्ताव अस्वीकार गरे ।
भारतीय मिडिया रिपोर्टका अनुसार त्यसपछि भने फिरोजले सञ्जय दत्तलाई फिल्मका अफर गरे । सञ्जयको यो फिल्म सन् १९९२ अक्टोबर ६ तारिखमा रिलिज भएको थियो ।
बक्स अफिसमा सफल यो फिल्मले ८ करोड कमाई गरेको थियो । जबकि यसको बजेट ३ करोड मात्रै थियो ।
यो फिल्मको नाम थियो – ‘यालगार’ । यो फिल्ममा सञ्जयका अलवा मनिषा कोइराला,कबीर वेदी,नगमा,मुखेश खन्ना र नीना गुप्ता जस्ता कलाकारको समेत अभिनय थियो ।
यो सो वर्ष रिलिज भएको फिल्ममध्ये सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको थियो । यति मात्र नभएर तुम्हें आना है, जरा देर लगेगी’ गीतले सर्वाधिक चर्चा बटुलेको थियो ।
यो फिल्ममा एक पात्रका लागि अमिताभ बच्चनलाई समेत अफर गरिएको थियो । तर स्क्रिप्ट मन नपरेको भन्दै उनले समेत अस्वीकार गरेका थिए । जुन भूमिका पछि मुखेश खन्नाले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया