मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कपिल शर्माको शो बन्द भएको खबरपछि कृष्णा अभिषेकले के भने?

काठमाडौँ– भिडियो स्ट्रिमिङ प्लाटफर्म नेटफिल्क्समा कपिल शर्माको ‘द ग्रेट इन्डियन कपिल शो’ यतिबेला प्रसारण भइरहेको छ । यो अब छिट्टै बन्द गरिने खबर बाहिर आएको छ ।

यसैबीच यो शोमा देखिएका अर्का पात्रा कृष्णा अभिषेकले आफ्नो नयाँ शो घोषणा गरेका छन् । उनले निकट भविष्यमा थप परिमार्जनसहित नयाँ शो लिएर आउन लागेको खुलासा गरेका हुन् । उक्त शो को प्रोमो भिडियो समेत सार्वजनिक गरिएको छ ।

ओटीटी प्लाटफर्म नेटफिल्क्समा कपिल शर्माको शो ‘द ग्रेट इन्डियन कपिल शो’ प्रसारण भए पनि बन्द गरिने हल्ला केही दिनअघि नै चलिरहेको थियो। शो बन्द हुने हल्लाका बीच निर्णायकको भूमिकामा देखिएकी कलाकार अर्चना पूरन सिंहले समेत यसबारेमा पुष्टि गरिसकेकी छिन् ।

यो शोको अन्तिम एपिसोड कहिले प्रसारण हुन्छ भन्नेबारेमा भने कुनै जानकारी दिइएको छैन ।

अर्का कलाकार कृष्णाको पनि उक्त शो मा अहम् भूमिका थियो । उनी पनि बलिउड दर्शकबीच पछिल्लो समयका निकै लोकप्रिय कलाकारमध्येमा पर्छन् । कृष्णाले ल्याउन लागेको शो को नाम ‘लाफ्टर शेफ’ राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?