मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतले हटायो प्याज निर्यातमा लगाएको प्रतिबन्ध

काठमाडौँ– भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ । प्याजको उत्पादन बढेपछि भारत सरकारले यस्तो निर्णय गरेको हो ।

भारतले आजबाट प्याज निकासीमा लगाइएको सबै प्रतिबन्ध हटाइएको वाणिज्य मन्त्रालयले जानकारी दिएको छ ।

यो वर्ष भारतमा प्याज उत्पादन बढेको र अझै बढी उत्पादन हुने अपेक्षा गरिएको मन्त्रालयले जनाएको छ ।

सरकारी अनुमान अनुसार २०२४ को यस सिजनमा १९१ लाख टन प्याज उत्पादन भएको थियो भने भारतमा प्रतिमहिना औसत १७ लाख टन प्याज खपत हुने गरेको बताइएको छ ।

सरकारले सन् २०२३ को डिसेम्बरमा प्याज निर्यातमा प्रतिबन्ध लगाएको थियो । भारतमा प्याज निर्यातमा प्रतिबन्धका कारण मूल्य नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?