मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

कैलालीमा भन्सार छलेर ल्याएको ५ लाखको सामान बरामद

धनगढी– कैलालीमा भन्सार छली गरी ल्याइएको पाँच लाख रुपैयाँ बराबरको सामान प्रहरीले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका, टीकापुर नगरपालिका, भजनी नगरपालिका र कैलारी गाउँपालिकामा भारतबाट भन्सार छली गरी अवैधरुपमा ल्याइरहेको अवस्थामा पाँच लाख नौ हजार ५४० रुपैयाँ बराबरको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्रसिंह बोहराले जानकारी दिए।

उनका अनुसार धनगढी उपमहानगरपालिका–३ को ज्ञानुप्लाजा नजिकैबाट एक लाख २८ हजार बराबरको कुर्ता, सुट, दोपट्टा, भजनी नगरपालिका–८ को खैराबाट दुई लाख ३४ हजार रुपैयाँ बराबरको सुर्ती र बिडीसहित एउटा मोटरसाइकल बरामद गरिएको छ ।

यस्तै, भजनी नगरपालिका–५ को लालबोझी र पिपलकोटीबाट ८० हजार बराबरको ३५० किलो चिनी, खाने तेल, प्लाष्टिक झोला लगायतका सामान, टीकापुर नगरपालिका–९ को खक्रौलाबाट २५ हजारको तरबुजा र कैलारी गाउँपालिका–५ बाट १० हजार बराबरको दुई वटा टेबुल पङ्खा बरामद गरिएको प्रहरी नायब उपरीक्षक बोहराले बताए।

ती सामान आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?