काठमाडौँ – वैदेशिक अध्ययन तथा रोजगारीको लागि विशेष गरी जापान पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा नियोनि एजुकेशनल कन्सल्टेन्सीका संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-७ घर भई काठमाडौँ कागेश्वरी बस्ने ३५ वर्षीय नारायण बहादुर राई भन्ने राजन श्रेष्ठ र सोही कन्सल्टेन्सीमा आबद्ध झापा गौरादह नगरपालिका-१ घर भई ललितपुर भैसीपाटी बस्ने ४६ वर्षीय पर्वराज पाण्डे भन्ने ईश्वरी पाण्डे रहेका छन् ।
उनीहरूले विभिन्न व्यक्तिको नागरिकता दुरुपयोग गरेको, विदेश जान चाहने युवायुवतीहरूलाई ४ लाखदेखि ७ लाख रुपैयाँ सम्म उठाउने गरेको, बैङ्क खातामा २ सय भन्दा बढी व्यक्तिहरूलाई रकम जम्मा गर्न लगाई एटिएम कार्ड, कनेक्ट आइपिएस तथा चेकमार्फत रकम निकाली दुरुपयोग एवम् ठगी गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया