मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डेनमार्कले गर्भपतनको कानुनी सीमा १८ हप्तासम्म बढाउने

काठमाडौँ – डेनमार्कले गर्भपतनको कानुनी सीमालाई १२ हप्ताबाट १८ हप्तामा विस्तार गर्ने योजना बनाएको स्वास्थ्य मन्त्रालयले शुक्रबार बताएको छ ।

धेरै मुलुकले गर्भपतनसम्मको पहुँचलाई प्रतिबन्ध लगाउन खोजिरहेका बेला डेनमार्कमा यस्तो कदम चालिएको छ । स्वास्थ्यमन्त्री सोफी लोहडेले भने, “५० वर्षपछि गर्भपतनलाई नियन्त्रित गर्ने नियमहरू परिवर्तन गर्ने र महिलाको निर्णय गर्ने अधिकारलाई बलियो बनाउने समय आएको छ ।” 

डेनिस मेडिकल एसोसिएसनका प्रमुख क्यामिला रथकेले समाचार एजेन्सी रिट्जाउलाई भने, “अब महिलाहरूसँग के गर्ने भन्नेबारे सोच्ने समय र अधिकार हुनेछ ।”

यसका अतिरिक्त १५ देखि १७ वर्ष उमेरका किशोरहरूलाई आफ्ना आमाबुबाको सहमतिबिना गर्भपतन गर्न अनुमति दिइने छ । 

विश्वका केही भागमा गर्भपतनको अधिकारलाई प्रतिबन्धित गरिए पनि गत वर्ष डेनिस नैतिकता समितिले गर्भपतनको समय सीमालाई १२ हप्ताबाट १८ हप्तासम्म बढाउन सिफारिस गरेको थियो ।

यसलाई छिमेकी स्विडेनको अनुरूप ल्याइएको थियो । “१८ साताको सीमाले अहिले पनि २२ साता वरपर भ्रूणको व्यवहार्यताका लागि धेरै मार्जिन छोड्छ”, समितिले उक्त समयमा भनेको थियो । 

वामपन्थी–दक्षिणपन्थी सरकारले सन् २०२४/२०२५ को संसद् अधिवेशनमा विधेयक प्रस्तुत गर्नेछ । 

विधेयकलाई वामपन्थीका सबै विपक्षी दलको समर्थन छ र यसलाई ठूलो बहुमतका साथ ग्रहण गरिने अपेक्षा गरिएको छ । विधेयक स्वीकृत भयो भने नयाँ कानुन सन् २०२५ जुन १ मा लागु हुने अपेक्षा गरिएको छ ।

पश्चिम युरोपमा गर्भपतनलाई अनुमति दिने पछिल्ला मुलुकहरूमा बेलायत र नेदरल्यान्ड्समा २४ साता र आइसल्यान्डमा २२ साता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?