मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

आँखाको स्याहार कसरी गर्ने ?

हाम्रो शरीरको संवेदनशील अङ्ग हो आँखा । यसकारण आँखाको स्याहारमा हामीले निकै ध्यान दिनुपर्छ । लामो समयसम्म बिरामी पर्दा होस् वा शारीरिक तथा मानसिक रूपमा दुःखी महसुस गरिरहेको बेला आँखाबाट सुस्तता र तनाव झल्किन्छ ।

उज्यालोको कम वा बढी प्रयोगले,धुवा,धुलो घाम पानीले हाम्रो आँखामा नराम्रो असर पार्छ । यसकारण आँखाको हेरचाहमा हामीले ध्यान दिनुपर्दछ । 

आँखाको स्याहार गर्ने सरल टिप्स: 

–‘विच हेजेल’ भएको गुलाबजललाई कपासमा राखेर १० देखि १५ मिनेट आँखामा राख्ने जसले थकित आँखालाई आराम दिन्छ ।

–कोरेसोमा आलुलाई कोरेर आँखामा प्याक लगाउने । यस प्याकलाई २० मिनेटसम्म राख्ने र निकाल्नुपर्छ । यस्तो गर्दा आँखा वरिपरि रहेको कालो घेरा डार्क सर्कललाई कम गर्छ ।

–सातामा एकपटक आइप्याकको प्रयोग गर्नुपर्दछ । 

–राति सुत्नुअघि रोगन बदाम तेलले आँखाको वरपर र आँखीभौँ वरपर र परेलामा मसाज गर्नुपर्दछ ।

–हत्केलालाई राम्ररी रगडेर तताएर आँखा सेक्ने गर्नुपर्दछ । 

–घाममा निस्कँदा सन ग्लासको प्रयोगले आँखालाई सुरक्षित राख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?