मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

यस्ता बानीहरूले बढाउनेछ तपाईको आयु

के तपाईँले कहिल्यै सोच्नुभएको छ कि तपाईँको बानीले तपाईँको उमेरलाई कसरी असर गर्छ ? हालैको एक अनुसन्धानमा वैज्ञानिकहरूले स्वस्थ बानी (उमेर बढाउने बानी) अपनाएर तपाई को जिन (वंशाणुगत गुण) को प्रभावलाई पनि कम गर्न सक्ने बताएका छन् ।

तपाईँको परिवारमा कम उमेरमै मृत्युको इतिहास भए पनि, तपाई स्वस्थ रहेर लामो जीवन बाँच्न सक्नुहुन्छ । स्वस्थ जीवनशैलीले उमेर न पुग्दै मृत्युको जोखिम कम गर्छ ।

मेडिकल जर्नल ‘बीएमजे इभिडेन्स बेस्ड मेडिसिन’ मा प्रकाशित अनुसन्धानमा १३ वर्षसम्म ३ लाख ५० हजारभन्दा बढी मानिस माथि अध्ययन गरिएको थियो । यस अवधिमा, अनुसन्धानकर्ताहरूले मानिसहरूको जिन र तिनीहरूको जीवन शैलीको अध्ययन गरे ।

असल बानीहरू अपनाउनुहोस्, लामो र स्वस्थ जीवन बाँच्नुस् 

अनुसन्धान अनुसार चुरोट नपिउने, नियमित व्यायाम गर्ने, पर्याप्त निन्द्रा लिने र सन्तुलित आहार खाने जस्ता स्वस्थ बानीहरू अपनाएमा आफ्नो आयु बढाउन सकिन्छ ।

अध्ययनले यो पनि पत्ता लगायो कि जसको जिन मा कम उमेरमा मृत्युको जोखिम थियो, तर उनीहरूको राम्रो जीवनशैली थियो भने उनीहरू अस्वास्थ्यकर बानी भएका मानिसहरू भन्दा दोब्बर लामो बाच्न सके । त्यही अस्वास्थ्यकर बानीहरू अपनाउनेहरूमा प्रारम्भिक मृत्युको जोखिम ७८ प्रतिशत सम्म बढ्छ । 

तर, अनुसन्धानकर्ताहरूले यस अनुसन्धानमा मानिसको जीवनशैलीलाई एक पटक मात्रै अध्ययन गरेको र यो नतिजा सबैका लागि लागू नहुन पनि सक्ने बताएका छन् ।

तैपनि, यस अनुसन्धानले सङ्केत गर्छ कि स्वस्थ रहँदा तपाई आफ्नो जिनको प्रभावलाई कम गर्न र लामो जीवन बाँच्न सक्नु हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?