मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2025 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सिप मेला तालिमका प्रशिक्षार्थीहरु भविष्यप्रति आशावादी

काठमाडाैँ – काठमाडौँ महानगरपालिकाको आयोजनामा बुधबारदेखि टुँडिखेलमा ‘सीप मेला’ सुरु भएको छ । महानगरद्धारा आयोजना गरिएको यो सीप मेला एक महिनासम्म सञ्चालन हुनेछ।

‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आम्दानी बढाउनु तालिम सञ्चालनको मुख्य लक्ष्य महानगरको छ। यो तालिम निःशुल्क सञ्चालन हुने महानगरले जनाएको छ ।

‘सिप मेला २०८१’ को आज तेस्रो दिन । पूर्व निर्धारित समय तालिका अनुसार तालिमका कक्षाहरु सुरु भएका थिए । कक्षामा सहभागी हुन पाएका प्रशिक्षार्थीहरुका मुहारमा मुस्कान देखिन्थ्यो । तालिममा सहभागी हुन पाएकोमा भविष्यप्रति आशावादी भएको उनीहरुहरुले प्रतिक्रिया दिएका छन् ।

आवेदकलाई तालिममा आउन महानगरपालिकाबाट एसएमएस पठाउने गरिएको छ । आवेदकको संख्या धेरै भएकोले सबैलाई एकै पटकमा बोलाउन नसकिएको हो । वडाहरुबाट आएका फाराम कम्प्युटरमा प्रविष्ट गराइँदै छ । टुँडिखेलमै आएर आवेदन दिनेका फाराम भर्नेहरुको विवरणमा देखिएको त्रुटि र दोहोरोपनाका कारण यी फारामहरुको पनि वर्गीकरण भइरहेको छ ।

‘सिप मेला २०८१’ का लागि आवेदन दिएकामध्ये मेलामा सहभागी गराउन नसकिने आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?