काठमाडौँ– समाज सेवा गर्ने उद्देश्यले गायक विजय लामाले फाउण्डेन स्थापना गरेका छन् । फाउण्डेन मार्फत देश तथा विदेश हुने सांगीतिक कार्यक्रमबाट हुने आम्दानीको २० प्रतिशत समाजसेवाका लागि छुट्याउने उनले घोषणा गरेका छन् ।
स्वर्गिय दिदी र भान्जाको नाममा स्थापित ‘याङ्गजीन साङ्गगे’ फाउण्डेन मार्फत दुर्गम र निम्न स्तरका मानिसहरुको स्वास्थ्य, बृद्धा र बाल आश्रममा सहयोग, लागू औषध तथा दुर्व्यसनी फसेका युवायुवतीहरुलाई सामान्य जीवनमा फर्काउन सहयोग गर्नेछ ।
लामाका अनुसार फाउण्डेसनले गुम्बा, स्तुपा, मन्दिर बनाउन समेत आर्थिक सहयोग गर्नेछ । काभ्रेस्थित लामाकै गृहजिल्लामा ‘याङ्गजीन साङ्गगे मेमोरेवल पार्क’ समेत निर्माणको तयारीमा छ ।
लामाका ‘नखानु पानी तोङबाको’, ‘उँभो उँभो लेकमा म जाँदा’, ‘रोसी खोला पारी मेरो मामा’ लगायतका गीतहरु चर्चित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया