मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

चर्चित कमेडियन भारती सिंह अस्पताल भर्ना

काठमाडाैँ – चर्चित कमेडियन भारती सिंहले आफ्नो भर्खरको भिडियो शेयर गरेर आफ्ना फ्यानलाई चिन्तित बनाएकी छिन् । भारती सिंह टेलिभिजन उद्योगमा एक लोकप्रिय हास्य कलाकार हुन्। उनलाई कमेडी संसारकी रानी पनि भनिन्छ ।

आफ्नो सेन्स अफ ह्युमरले दर्शकको अनुहारमा मुस्कान ल्याउने भारतीले भर्खरै एउटा भिडियोले आफ्ना फ्यानलाई हैरान पारेकी छिन् । मानिसहरुले अभिनेत्रीको शिघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

वास्तवमा, कमेडियन र टिभी होस्टले अस्पतालबाट नयाँ भ्लग खिचेका छन्, जसमा उनले पेट दुखेपछि अस्पताल लगिएको बताएका छन् । सुरुमा उनले ग्यास्ट्रिकको समस्या भएको भन्दै अस्पताल जान मानिनन् तर दुखाइ कम नभएपछि अस्पताल जानुपरेको थियो ।

भर्ना भएपछि परीक्षण गर्दा पित्त थैलीमा पत्थरी भएको भेटिएको भारती सिंहले बताइन् । भ्लगमा भारती भावुक देखिएकी छिन् । यो कसरी भयो उनले बुझ्न नसकेकाे बताएकी छिन् । उनी आफ्नो छोरा गोलालाई सम्झिएर राेएकी थिइन् । अन्ततः भारतीले शल्यक्रिया गर्नुपर्ने बताइन् । भ्लगमा उनी रोएकाे देखिएकी छन् ।

भारती सिंह सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । नृत्य र गायन रियालिटी शो होस्टिंगको साथसाथै, उनी युट्युबमा रमाइलो भ्लगहरू पनि साझा गरिरहेकी छिन्। उनले कपिल शर्मा शोमा पनि काम गरेकी छिन् । तर, भारती द ग्रेट इन्डियन कपिल शोमा छैनन् । हाल उनी भारती टिभी नामक युट्युब च्यानलमा आफ्नो च्याट शो होस्ट गरिरहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?