काठमाडौँ– अभिनेत्री श्रीदेवीको निधन भएको लामो समय भएपनि छोरी जाह्नवी कपुर र परिवारको स्मरणमा उनी छाइरहेकी छिन् । आमाको सम्झनामा जान्हवी पुराना यादहरुलाई सम्झाउने कामहरु गरिरहन्छिन् ।
जाह्नवी प्रायः आफ्नी आमासँग सम्बन्धित पुराना कथाहरू र उनीसँग बिताएका पलहरूको बारेमा कुरा गर्छिन् । यसै सन्दर्भमा उनले आमा र उनका फ्यानहरुका लागि निकै खुसी खबर दिएकी छिन् ।
उनका अनुसार अब आम मानिसहरू पनि चेन्नईस्थित श्रीदेवीको पहिलो घर भाडामा लिएर बस्न सक्नेछन् ।
भारतीय समाचार माध्यममा जनाइए अनुसार श्रीदेवीले वर्षाैं अघि चेन्नईमा घर किनेकी थिइन् । यो उनको पहिलो घर थियो, जुन उनले बोनी कपुरसँग विवाह गरेपछि किनेकी थिइन् ।
यो घर ताश जाह्नवीका लागि पनि विशेष छ, किनकि उनले आफ्नो बाल्यकाल त्यहाँ बिताएकी थिइन् । घरको मर्मत सम्भार र लिकेजको समस्याका कारण श्रीदेवी र बोनीले घर छोडेका थिए ।
यद्यपि श्रीदेवीको मृत्युपछि बोनीले घर मर्मत गरेका थिए । श्रीदेवीका हरेक फ्यानले उनको घरमा एक रात मात्र बस्न पाउनेछन् । तर उनीहरुले त्यहाँ बस्न मनका लागि एउटा शर्त पालना गर्नुपर्नेछ ।
त्यहाँ एक रात बस्नेहरुले जान्हवीसँग पनि कुरा गर्ने मौका पाउनेछन् । श्रीदेवीको पहिलो पेन्टिङ पनि यही घरमा छ । कोरोना लकडाउनका बेला सिर्जना गरिएका जान्हवी र खुशीको पेन्टिङ पनि त्यहाँ अवलोकन गर्न सक्नेछन् ।
त्यहाँ बस्नेले स्वादिष्ट दक्षिण भारतीय खानाको मजा लिन समेत सक्नेछन् । जानकारी अनुसार आम मानिसका लागि यो घरमा बस्न मे १६ देखि बुकिङ खुल्ला गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया