मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

अभिभावकका यस्ता गल्तीले पर्न सक्छ बालबालिकामा मानसिक असर

काठमाडौँ– बच्चाहरुको अगाडि बढी तारिफ गरेमा उनीहरु जिद्दिपना बढ्ने र बिग्रिने सम्भावना बढी हुने बाल मनोविदहरु बताउँछन् । बालबालिकाहरुलाई गाली गर्ने समयमा पनि हामी ध्यान पुर्‍याउँदैनाैँ।

बच्चालाई कराएमा उनीहरुको व्यवहारमा सुधार हुन्छ भन्ने हामी सोच्छौं । तर आवश्यकताभन्दा बढी बच्चालाई कराउने र किचकिच गरिरहने बानी राम्रो होइन । यसले बच्चामा जिद्दिपना चिडचिडापन आउन सक्छ ।

बच्चाहरुको अगाडि कुरा गर्दा सही शब्द छनोट र व्यवहारमा समेत उत्तिकै ध्यान दिन जरुरी हुन्छ । यदि तपाई पनि आफ्नो बच्चालाई कराइरहने वा गाली रहनुहुन्छ भने सतर्क रहनुहोस्, यसले तपाईको बच्चा सुध्रिने भन्दा उसको व्यवहार झन बिग्रिन सक्छ ।

‘तँ बेकुफ होस्’ जस्ता शब्दमा बच्चालाई गाली गर्ने र पिट्ने नगर्नहोस्

जब तपाईले आफ्नो बच्चालाई गाली गर्नुहुन्छ, तब ‘तँ बेकुफ होस्, तँ खत्तम छस्’ जस्ताहरु प्रयोग गर्नुहुन्छ । यसले बच्चा मानसिक रुपमा कमजोर हुन सक्छन् । उसको आत्मामा नै गहिरो असर परी आत्मबल घट्न सक्छ । त्यसैले यस्ता शब्दहरु सकेसम्म प्रयोग गर्नुहुँदैन ।

‘धेरै नाटक नगर्’ जस्ता शब्द सकभर प्रयोग नगर्नुहोस्

जब बच्चाहरुले तपाईले भनेको मानेका छैनन् वा आफै शान्त भएर बस्न मान्दैनन् भने ‘धेरै नाटक नगर’ जस्ता शब्द सकभर प्रयोग गर्नुहुँदैन । यसले गर्दा बच्चामा झन उदण्डपना बढ्न सक्छ ।

‘तिमी यस्तै छौ’

आफ्नो बच्चालाई ‘तिमी वा तँ यस्तै छस्’, ‘तँ बेकुफ’, ‘नाटक’, ‘नौटङ्की’, जस्ता शब्दहरु प्रयोग गरेर बोलाउनु र कराउनु उसको मानसिक स्वास्थ्यका लागि हानिकारक हुन सक्छ । यसले उसको मानसिक स्वास्थ्य मात्र नभएर परिवारभित्रै उसले असुरक्षा महसूस गर्न सक्छ । यस्ता शब्दहरुले उसको मनोबल र आत्मविश्वास समेत घट्छ ।

‘अब त अति भो, यसरी हुँदैन’

धेरैजसो आमाबावुले छोराछोरीले चकचकीलाई सहन नसेकर ‘अब त अति भो, यसरी हुँदैन’ वा ‘हामी सहन सक्दैनौं भन्ने शब्दहरु प्रयोग गरेर गाली गरिरहेका हुन्छन् । यसले उनीहरुलाई मानसिक विचलनमा ल्याएर आफ्नो कुरा कसैलाई भन्न हुँदैन भन्ने मानसिकतामा पुर्‍याउँछ ।

तिमीलाई के भएको छ ?

बच्चालाई गाली गर्दा तिमीलाई के भएको छ वा तिम्रो समस्या के छ भनेर हामीले ठूलो स्वरले गाली गर्दा बच्चाले आफैंलाई दोषी मान्न सक्छन् । यसले गर्दा उसको दिमागमा म गलत छु भन्ने सोच आइरहन्छ र यसको आत्मविश्वास घट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?