मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

रजतपट

फ्राइडे रिलिज: उपेन्द्रको ‘मनसरा’, काव्यिक शैलीमा लिम्बु संस्कृति देखाउने प्रयास

काठमाडौँ– साहित्यकार उपेन्द्र सुब्बा पछिल्लो नाटक हुँदै फिल्म क्षेत्रमा सक्रिय छन् । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘जारी’ पछि उनको चर्चा थप चुलियो ।

कविता र आख्यानका क्षेत्रमा राम्रो प्रभाव छाडेका उपेन्द्रले ‘मनसरा’ निर्माणको घोषणा गरेदेखि नै चर्चा बटुले। किनकि, उनले निर्देशन गरेको पहिलो फिल्मले नै वर्षकै सबैभन्दा बढी कमाइ गरेर रेकर्ड राखेको थियो । अभिनयमा भने उनी पहिलेदेखि नै दर्शकमाझ परिचित थिए ।

‘जारी’ रिलिजको एक वर्षपछि उपेन्द्रको दोस्रो फिल्म प्रदर्शनमा आएको छ, मनसरा ।

यो फिल्ममा प्रविण खतिवडा, मिरुना मगर, दयाहाङ राई र मेनुका प्रधानको शीर्ष भूमिका छ । फिल्मको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन् ।

यो फिल्मलाई निर्देशकले काव्यिक बनाउने प्रयास गरेका छन् । फिल्ममा गाउँदेखि काठमाडौँ आएर सङ्घर्ष गरिरहेका साझा मानिसको कथा उठान गरिएको छ । निर्देशकले फिल्मलाई काव्यिक र दार्शनिक बनाउन खोजेका छन् ।

साथै फिल्ममा निर्देशकले किराँती संस्कृतिलाई पनि समेट्ने कोशिश गरेका छन् । ब्राह्मण समुदायको विवाहित युवा र आफ्नो प्रेमीको प्रतीक्षामा रहेकी एक लिम्बु युवतीबीच घुमेको यो फिल्मले बाहुन र लिम्बु समुदायमा हुने भिन्नता र तिनले पार्ने मसिना प्रभावलाई पनि निर्देशकले केलाउने प्रयास गरेका छन् ।

नि:सन्तान दम्पतीको सन्तान मोहलाई पनि फिल्ममा समेटिएको छ । फिल्मको कथा हास्य शैलीमा प्रस्तुत गरिएको छ । फिल्मको उठान गरिएको विषय सशक्त छ । सशक्त विषयमा निर्देशकले आफ्नो दर्शन थोपर्न खोजेका हुन् कि भन्ने पनि दर्शकलाई लाग्छ । प्रविण खतिवडा, मिरुना मगर र मेनुका प्रधानको अभिनय दमदार लाग्छ ।

बिहीवार गरिएको प्रिमियरमा ‘मनसरा’ हेरेका दर्शकले समेत फिल्मको तारिफ गरेका छन् । फिल्म हेर्न पुगेका दर्जनौँ कलाकारले फिल्मको खुलेर तारिफ गरेका थिए ।

फिल्ममा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको समेत अभिनय रहेको छ । शैलेन्द्र ध्वज कार्कीले खिचेको यो फिल्ममा विष्णु कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।

यस्तै, फिल्ममा निमेश श्रेष्ठको सम्पादन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?