मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

डढेलो नियन्त्रण गर्न र प्रभावितलाई राहत वितरण गर्न सरकारसँग नेफेजको आग्रह

जोयनेपाल
39
Shares
फाइल तस्वीर ।

काठमाडौँ– नेपाल वातावरण पत्रकार समूह (नेफेज)ले देशभर विभिन्न ठाँउमा लागेको डढेलो नियन्त्रण गर्न र प्रभावितलाई तत्काल राहत वितरण गर्न सरकारसँग आग्रह गरेको छ ।

यसका लागि सम्पूर्ण सरकारी संयन्त्र परिचालन गर्न आवश्यक परे आपतकालीन स्थितिको घोषणा गर्न समेत नेफेजले आग्रह गरेको छ ।

हालैका दिनहरुमा देशभर आगलागी, डढेलोको घटनाहरु बढ्दै गएको र यसका कारण जनधनको क्षतिका साथै वनजङ्गलमा क्षति भएको छ ।

डढेलोका कारण फैलिएको प्रदूषणले नागरिकको स्वास्थ्यमा असर परेकाले जनताको स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार समेत कुण्ठित भएको नेफेजका अध्यक्ष रोशनी अधिकारी पाठकद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

डढेलोका कारण राजधानीलगायत देशका विभिन्न स्थानहरुमा वायु प्रदुषणको मात्रा अत्यधिक रुपमा बढ्न गएको छ ।

यसका कारण बालबालिका र वृद्धवृद्धाको श्वासप्रस्वासमा नै समस्या देखिन थालेको छ । आगो निभाउने संयन्त्रमा खटिएका व्यक्तिको उपयुक्त सुरक्षामा ध्यान दिन समेत नेफेजले सरकारसँग आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?