मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

सूर्यज्योति लाइफको साधारण सभा आज, ३५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौँ – सूर्यज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा आज बस्दै छ। इन्स्योरेन्सले सभामा ३५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

सभामा गत आर्थिक वर्षको नाफाबाट १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ। 

बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन हुने एजेन्डा पनि छ।

यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ। आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। 

यता, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरिसकेको छ। वैशाख ७ गते बुक क्लोज गरिएको हो।

यसकारण वैशाख ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्। सभा होटल हैरिसन प्यालेस, विराटनगरमा बिहान १० बजे शुरु हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?