काठमाडौँ– अमेरिका र चीनको बीचमा पछिल्लो समय अन्तरिक्ष दौडमा तीव्र प्रतिस्पर्धा चलिरहेको छ । यस्तै चीन त अन्तरिक्ष क्षेत्रमा प्रभुत्व जमाउने लक्ष्यमा तीव्र गतिमा अगाडि बढिरहेको छ ।
अन्तर्राष्ट्रिय मिडियाका अनुसार अनुसार विगत केही वर्षदेखि चीनले चन्द्रमामा अनुसन्धान केन्द्र बनाउने योजना बनाएको छ । मिडिया रिपोर्टका अनुसार चीनले सन् २०४५ सम्ममा चन्द्रमामा स्थायी रूपमा नै अन्तर्राष्ट्रिय लुनार रिसर्च स्टेशन (आईएलआरएस) निर्माण गरिरहेको छ ।
केही समयअघि मात्रै सार्वजनिक भएको रिपोर्टमा चीनको स्पेस एजेन्सी र रुसको स्पेस एजेन्सी मिलेर चन्द्रमामा आधार बनाउन चाहेको उल्लेख गरिएको थियो । आईएलआरएस परियोजनामा थप देशहरू सामेल हुने बताइएको छ ।
चाइनाडेलीको रिपोर्टअनुसार चीनको यो महत्त्वाकाङ्क्षी परियोजनाका पहिलो चरणको काम सन् २०३५ सम्ममा सम्पन्न गरिसक्नेछ । यस्तै नासाको आर्टेमिस मिसनले पनि मानिसलाई चन्द्रमामा पठाएर लामो समयसम्म अनुसन्धान गर्न सक्ने बनाउने उद्देश्य लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया