मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2024 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

‘बोक्सीको घर’ को सिक्वेल बन्ने

काठमाडौँ– फिल्म ‘बोक्सीको घर’ को दोस्रो भाग पनि बन्ने भएको छ । हाल प्रदर्शनका क्रममा रहेको यो फिल्मले उत्साहजनक व्यापार गरेपछि निर्माण टिम सिक्वेल निर्माणको तयारीमा जुटेको हो ।

सुलक्षण भारतीको कथा, पटकथा र निर्देशन रहेको ‘बोक्सीको घर’ लाई दर्शकले खुलेर तारिफ गरेका छन् । वि.सं. २०७३ सालमा मञ्चन भएको नाटक ‘बोक्सीको घर’ को कथामा फिल्म निर्माण गरिएको हो ।

यो फिल्मले ४ करोडभन्दा बढी कमाइ गरिसकेको छ । निर्माण टिमले यसबारेमा आधिकारिक जानकारी नदिए पनि यसको स्क्रिप्टमा काम भइरहेको जनाइएको छ । फिल्ममा पहिलेकै कलाकारको अभिनय रहने सम्भावना छ ।

कस्तो छ बोक्सीको घर?

नेपालको ग्रामीण भेगमा बोक्सीका नाममा हुने महिला हिंसाका घटनालाई फिल्मले कथानक बनाएको छ । यो फिल्ममा काठमाडौँमा पत्रकारिता गरिरहेकी एक युवती बोक्सी भनिएकी एक युवतीको रिपोर्टिङ गर्न गाउँ पुग्छिन् । बोक्सी भनिएकी युवती कसरी समाजद्वारा बोक्सी बनाइन्छिन् भन्ने फिल्ममार्फत प्रस्तुत गरिएको छ ।

यो फिल्ममा केकी अधिकारी, सुपला सापकोटा, सेबिता अधिकारी, स्वेच्छा राउत, रमा थपलिया, सुलक्षण भारती लगायतको अभिनय रहेको छ । बोक्सीको आरोपमा समाजमा दबाइएकी एक महिलाको भूमिकामा केकी अधिकारीले अभिनय गरेकी छिन् भने उनको बाल्यकालको भूमिकामा सुपला सापकोटाले अभिनय गरेकी छिन् ।

समाजमा हुने बालविवाह, बोक्सीका नाममा दिइने चरम यातना र पुरुषले महिलालाई कसरी विभेद गरिरहेका छन् भन्ने फिल्ममा देखाइएको छ ।

फिल्मको कथा, पटकथा र प्रस्तुतीकरणमा निकै मिहिनेत गरिएको छ । कलाकारको अभिनय पनि दमदार छ । खासगरी बालकलाकार सुपला सापकोटा र उनकी आमाको भूमिकामा देखिएकी सेबिता अधिकारीको अभिनयले मन छुन्छ । नेपाली समाजमा महिलाभन्दा पनि बुहारीहरु कसरी पीडित भइरहेका छन् भन्ने यो फिल्मले राम्रोसँग नियाल्ने प्रयास गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?