मनोरन्जन समाचार, सेलिब्रेटीहरू, सेलिब्रेट समाचारहरू, र प्रसिद्ध गफहरूका लागि तपाईंको स्रोत। ताजा फेसन, फोटोहरू, चलचित्रहरू र टिभी कार्यक्रमहरू जाँच गर्नुहोस्!

   ©2026 Joy Nepal All rights reserved. | Designed & Developed by : Appharu.com

भारतले पैसा नतिरेर ब्याण्डविथ काटिदिँदा नेपालमा इन्टरनेट डाउन, कति तिर्नुपर्छ?

काठमाडौँ– देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरेका छन् । बिहीबार करीब ४ बजेदेखि वर्ल्डलिंक, सुबिसु, भायनेटलगायत इन्टरनेट प्रदायकहरूको सेवामा समस्या देखिएको हो ।

उनीहरुले भारतीय कम्पनी एयरटेल, टाटा लगायतका कम्पनिलाई ब्याण्डविथ वापतको करीब ३ अर्ब रकम नतिरेपछि इन्टरनेटको व्याण्डविथ काटिएको बताइएको छ । यसबाट नेपालका करीब ८० लाख भन्दा बढी इन्टरनेटका ग्राहक प्रभावित भएका छन् ।

इन्टरनेट सेवा प्रदायकहरुले केहि दिनअघि पत्रकार सम्मेलन गरेर नै सरकारले भुक्तानीका लागि विदेशी मुद्रा सटहीको सिफारिस नगरेकोले भुक्तानीमा समस्या भएको बताएको थियो ।

अर्कोतर्फ सरकारले भने इन्टरनेट सेवा प्रदायकले सरकारलाई तिर्नुपर्ने रोयल्टी लगायतका शुल्क नतिरेको भन्दै विदेशी मुद्रा सटहीको सिफारिस गर्न मानिरहेको छैन ।

उत्पन्न समस्या हालसम्म पनि समाधान हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?